‘मेराे देश’ -सुर्य नाछिरिङ राई
मुन्धुमस्टार
पाइलै पिच्छे पीडाले हेपिएको मेरो देश
आफ्नै सरकार भनाैदाे बाट हेपिएको मेरो देश
खुकरिकाे भारमा जितेर फैलिएको मेराे देशमा
छिमेकि देशले मिचि साघुरिदै गएर चेपिएको मेरो देश
नदेखे झैँ गरे सरकारले नचिने झैँ गरेपछि
छिमेकि देशबाट हेपियर रेटिएको मेरो देश
नेपाल सरकार हास्दै बाधिएर पराइको अंगालोमा
जन्तालाई हेपि लाखाै कराेडाैंमा बेचियकाे मेरो देश
बधिरन्छ घृणामा मेराेदेश थपिरन्छ पिडा
छिमेकिकै चिप्लो बोलीमा लेपिएको मेरो देश
पाइलै पिच्छे पीडाले हेपिएको मेरो देश
हाम्राेआफ्नो सरकारभन्नेले नै हेपिएको मेरो देश
सुर्य नाछिरिङ राई



