Logo

सामाजिक अभियन्ता दुई दिदीबहिनीहरुद्वा २० घरधुरीलाई राहत वितरण


राज कुमार राई ,२८,चैत्र–सुर्खेत । दुई मनकारी युवतीहरु गीता रिजाल र सीता रिजालले विपन्न परिवारलाई राहत वितरण गरेका छन् । सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नं २ मा बुधबार यी यवतीहरुले राहत वितरण गरेका हुन् । उनीहरु दिदी बहिनीहरु हुन् । यी अविवाहित युवतीहरु सीता दिदी हुन् भने् गीता बहिनी हुन् । लामो समयदेखि विभिन्न समाज सेवामा तल्लीन यी दुई दिदीबहिनीहरुले आफ्नो व्यक्तिगत तर्फबाट विपन्न परिवारका लागि राहत वितरण गरेको  जानकारी दिए ।

लकडाउनले मानव जीवन अस्तव्यस्त बनाए पछि ज्याँला मजदुरी गरेर खानेहरुको स्थिति नाजुक देखेर आफ्नो भित्री ह्रृदयदेखि व्यक्तिगत तर्फबाट राहत सामाग्री वितरण गरेको समाज अभियन्ता तथा गायीका समेत रहेकी गीता रिजालले बताइन् । उनी केही समयदेखि समाजसेवासँगै गीतसंगीत तथा साहित्य सृजनामा समेत सशक्त ढंगले अगाडी बढ्दै आईरहेकी छन् । ठूलो मनकारी यी दिदीबहिनीहरुले अत्ति समस्यामा परेका २० घरधुरीका लागि राहत प्याकेज छुटाएका हुन् । २० घरधुरीका लागि,२० बोरा,चामल,२० लिटर तेल,२०, के जी दाल ,२० प्याकेट नुन र २० प्याकेट साबुन चिङ्गाड गाउँपालिका अध्यक्ष देव बहादुर चन्दलाई बुझाएका हुन् ।

राहत सामाग्री बुझ्दै यसरी आफ्नो व्यक्तिगत तर्फबाट दीनदुःखी जनताको लागि खाइनखाइ सेवा गर्ने यी दिदीबहिनी नै पहिलो व्यक्ति हुन भन्दै पालिका अध्यक्षले मुक्तकण्ठले प्रशंसा गरेका थिए । जस्तो नाम त्यस्तै प्रशंसनीय काम पनि गरेको भन्दै यसलाई पालिकाले मूल्यङ्कन गर्ने अध्यक्ष चन्दले बताए । यस्तै सबै सहयोगीहरुबाट गाउँपालिकामा संङ्कलन भई रहेको रातह अब सम्बधित वडालाई बोलाएर वितरण गर्ने पनि उहाँले बताए ।

पहिल्यैदेखि समाजसेवामा आबद्ध हुदै आएकोले यसरी आफूले सकेको सहयोग दीनदुःखी पीडितहरुलाई गर्न पाउदा साह्रै खुशी लागेको समाजसेवी सीता रिजालले बताइन् । सानैदेखि विभिन्न सामाजिक कार्यमा लागेकोले यस्ता दीनदुःखीहरुको पीडा आँखाले टुलुटुलु हेरिरहन आफूहरुको मनले नमान्ने पनि रिजालले बताइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्