Logo

क्वारेन्टाइनमा सुरुमा बस्दा त दिमाखले कामै गरेन : गायक प्रियजन राई


143 Views

काठमाडौ । सरकारले देशभर कोरोना भाइरस नफैलियोस् भने लकडाउन लगाएको अवस्था छ । कलाकारहरु पनि घरमा नै बसिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा बसेका गायक गायिकाहरु क्वारेन्टाइबाट नै केहि न केहि गरिरहेका छन् । पुर्वेली गायक तथा सर्जक प्रियजन राई पनि अहिले सेल्फ क्वारेन्टाइनमा नै बसेर समय विताइरहेका छन् । उनी घरमा बसेको बेला के के गरिरहेका छन् त उनकै शब्दमा ।

अहिले मेरो लागि समय कुन दिन कुन राती केहि फरक भएको छैन । रुम भन्दा बाहिर निस्कने कुरा पनि आएन । कोरोना भाइरसको संक्रमतिहरु बढिरहेका अवस्थमा आफै सचेँत रहेर बस्नुपर्ने अवस्था छ । मेरो दिन चर्या चाही, खायो, बस्यो, साथीहरूसंग फेसबुकमा कुराकानी ग¥यो र समाचार हेरेर नै बित्ने गरेको छ । यहि मोवाइल छ यसबाट नै साथीभाइृसँग दुखःसुख बाड्यो त्यहि त हो ।  कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले एकै चोटी लकडाउन सुरु गरेका कारण असर त प¥यो नै । यसम मलाई मात्र नभएर सबैलाई पारेको छ । तर पनि यो रहर हैन बाध्यता हो पनि ।

म घरमा बसेको बेला आफ्ना सिर्जनामा मात्रै सुन्दिन । अरु गायक गायिकाहरुको गीत पनि एकदमै सुन्छु । किनभने बजारमा कस्ता खाल्का गीतसंगीतहरु आएका रहेकाछन् भन्ने थाहा पाउन सकिन्छ ।

हामीले बुझ्नुपेर्न अवस्था पनि हो । विश्व आतंकित छ यो बेला,त्यसैले आफै सजक रहनु जरुरी छ । यस समयलाई हामी गीत संंगीतमा काम गर्ने हरुको लागि नयाँ सिर्जनात्मक काम गर्ने बम्पर समय पनी हो जस्तो लाग्छ ।  यसमा आफुले आफ्नो काम कसरी जारी राख्ने भन्नेमा ध्यान दिनुपर्ने अवस्था हो । किनभने यति कै बस्यो भने समय वितेको पत्तै हुदैन । मैले यो लकडाउनको समयमा मेरो र्दशकका लागि नयाँ गीतसंगीत तयार पारिरहेका छु । लकडाउन खुलेपछि यसलाई रेकर्ड गर्ने योजना बनाएको पनि छु ।

मेरो बानी यति मात्रै छैन । म घरमा बसेको बेला आफ्ना सिर्जनामा मात्रै सुन्दिन । अरु गायक गायिकाहरुको गीत पनि एकदमै सुन्छु । किनभने बजारमा कस्ता खाल्का गीतसंगीतहरु आएका रहेकाछन् भन्ने थाहा पाउन सकिन्छ । आफ्ना मात्र होइन अरुका गीत संगीत सुनेर रमाइरहेको हुन्छ । लकडाउन भन्दा अगाडी मलाई यसरी अरुका गीतसंगीत सुन्ने फुर्सद पनि थिएन । कार्यक्रम , गीत रेकर्डिङ ,सुटिङ भनेर दौडेको दौडै हुन्थँे । तर अहिले कतै जान परेको छैन । यो बेला समय प्रशस्त भएर होला गीतहरु अत्याधिक सुनी रहेकोछु । हामी सिर्जना गर्ने मान्छे अरुको सिर्जना सुन्ने र हेर्ने त्यति अनुकुलता मिल्दैन थियो । अहिले चाही अरुका गीत सुन्ने मात्र नभइ हेर्न नयाँ सिर्जन ागर्नका लागि प्रेरित गरिहेका छ ।

आफ्नो सुरक्षामा ध्यान आफैँ दिउँ

अहिलेका समयमा कोरोना भाइरसले विश्वमा आतंक मच्चाई रहेको छ । यसले ेनपाललाई पनि अछुत राख्न राख्न सकेन । हामीले कोरोना भाईरसबाट बच्न हामी सबैले आ – आफ्नो ठाउँबाट सजक रहन जरुरी छ । कोरोराले हामिलाई खोज्दै आउने हैन । हामी बाहिर जादा धेरै साथिभाईहरु संग घुलमिल हुदा मास्क नलगाउदा,साबुन पानीले राम्रोसँग हात नधुदा यो भाईरस आफूसंगै,आफ्नो परिवारमा पनि लिएर आउने हो । त्यसैले हामी आफै सजक रहन जरुरी छ । कोरोना (कोबिड १९) यो मजाक हैन,विकसित रास्ट्रहरुमा जुन महामारीको रुप फैलिरहेको छ । यसबाट आफू आफ्नो आफन्त र आफ्नो देश बचाउन यो बेला आफ्नै हातमा छ ।

पुर्वेली गायक तथा सर्जक प्रियजन राई

यो बेलामा आत्तालिने, हतासिने, हैन आत्माबल दरिलो बनाएर,सकारात्मक सोच सबैले राख्यौ भने,कोरोनाबाट जित संम्भव छ भन्न चाहान्छु । सरकार लगायत सरोकार निकायलाइृ के भन्न चाहान्छु भने, ‘यो लकडाउनको बेलामा,हामी सर्वसाधारणको दैनिकी र खान,पानलाई सहज बनाउनको निम्ति ध्यान पु¥याउन सकिरहेको छैन। उनीहरुको जीवन कष्टकर बन्दै गइरहेको अवस्था छ । यहाँ नेपाल सरकारको चासो पुगोस् !-स्टारपत्रीका डटकमबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347