Logo

अब मध्यावधि चुनाब गर्नुपर्छ :काँग्रेस नेता डा. महत


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार असफल भएको दाबी गरेका छन् । शनिबार अपरान्ह प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कोरोनाको महामारी ःप्राईमको खबरदारी” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, सरकार गठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा असफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्छ ।

उनले सरकारका विरुद्ध आन्दोलन गर्ने बताए । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको राम्रो भन्दै यसको समयावधि थप्नुपर्ने समेत उनले सुझाव दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्