कोरोना भाईरसले बिश्वलाई साम्याबादतिर यात्रा गराउदै

-कुमार राई याख्या
कम्युनिष्ट गुरु माओ (उत्तरी छिमेकी चीन) को देशबाट शुरु भएको ‘कोरोना भाइरस’ले बिश्वभरी फैलाएको छ । यो भाइरसका कारण ११ लाख १८ हजार भन्दा बढिलाई संक्रमण र ५९ हजार भन्दा माथीको मृत्यु समेत भइसकेको छ । यो भाइरस चीनको वुवानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।
यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । माओको देशबाट सुरु भएर कोरिया हुँदै नेपोलियनको देशघुम्दै अब्राहम लिङ्कनको देश रहेको छ , यो कोरोना भाईरसलाई न कुनै परमाणु हतियारले छुन्छ न कुनै शसत्र अश्त्रले काट्न सक्छ वा कुनै देशको सैन्य ताकत राख्छ नत ईश्वर अल्लाह, भगवान वा कुनै दैबी शक्तिले तोडछ ।
रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
तर बिकाराल रुप लियो भने हाम्रो अबस्था के होला ? कोरोना भाईरस उपचारको लागी निजि अस्पतालहरु भागा भाग छ । हिजो दिनमा अर्ब रुपैयो मात्र हस्पिटलको समान ल्याउदा भन्सार छुट पाएको हस्पिटल जब जनतालाई गाह्रो पर्दा किन उपचार गर्दैन ?
कोरोना भाइरसले पूरा बिश्व तहस-नहस पारेको अबस्थामा मानव समाजको जनजिबनको जिबिका पार्जनदेखी लिएर देशको अर्थतन्त्रमा भयाबहको अबस्था बनाउदै दिन-प्रतिदिन झन जटिलता थपिदै जादैछ, यसको उपचार पत्ता लागेको कुनै प्रमाण पनि छैन । तसर्थ सबै ज्यालादारी मजदुर, होटेल मजदुर, सवारी चालक अन्य पेशाका मजदुरहरुलाई प्रत्यक्षा असर परेकाले छ । अझ दैनिकी ज्यालादारी, मजदुर, किसान र अति बिपन्न बर्गलाई ३ तहको सरकारले तुरुन्त उचित कदम चाल्न पर्ने देखिन्छ, र चाल्नु पर्दछ ।

सरकारको कुनै प्रभाबकारी योजना छैन बरु उल्टै कोरोनाको अति आबश्यका सामाग्रीको समान खरिदमा समेत भ्रष्ट्रचार र कमिसनको खेलामा रहेको छ, खड्ग प्रसाद ओलि सरकार । केही मनका धनी राख्ने घरधनीहरुले आफ्नो भाडा ३ महिनाका लागि नलिने घोषणा गरेका छन, यो अति स्वागत योग्य काम हो र सरकारले पनि बैंकहरुलाई ३ महिनासम्मको ब्याज नलिन निर्देशन दिनुपर्छ किनकी कमाई नहुँदा कसरी तिर्ने ? साना व्यावसायिहरुलाई झन गारो हुन्छ, ॠणदाता बैंकहरुले पनि सोच्नुपर्छ, तत्काल निजि, सार्बजनिक र सरकारी क्षेत्रबाट उचित कदम चालिनु पर्दछ ।
कोरोना भाईरस उपचारको लागी निजि अस्पतालहरु अहिले भागाबाग गर्दै छन । हिजो दिनमा अर्ब रुपैयो मात्र हस्पिटलको समान ल्याउदा भन्सार छुट पाएको हस्पिटल जब जनतालाई गाह्रो पर्दा किन उपचार गर्दैन ? यो प्रश्न सोचिनिय र बिचारानीय छ ? त्यसैले सबै निजी हस्पिटल निजिकरणबाट सरकारी करण गर्नु पर्दछ । यसै बेला तत्काल रुपमा सरकारले उचित कदम चालिनु पर्दछ । आज निजी हस्पिटलहरु गेटमा भोटे ताल्चा लाएर बसेको छ । दलाल पुजिबादिको यो चरित्रमा नब-पुजिबादको बिकाराल रुप हो तर कोरोनाले दलाल पुजिबादि र नब-पुजिबाद चरित्रलाई ठुलो चुनौती दिदै देशको मात्र होईन बिश्व अर्थतन्त्र नै साम्याबाद तिर यात्रा गराउदै छ ।
(लेखक कुमार राई याख्या नेकपा माओबादी केन्द्र आबद्ध क्रान्ति कारी ट्रेड युनियन महासङ्घ नेपाल, प्रदेश न १ समितिको ईन्चार्ज हुनुहुन्छ । )