कोरोना भाइरसको विश्व महामारीकाबीच चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण सुरु
एजेन्सी-कोरोना भाइरसको विश्व महामारीकाबीच चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन्। कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ।
नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ। कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ।
कोरोना भाइरसको विश्व महामारीकाबीच चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन्। कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ।
नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ। कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ।
त्यसपछि आरोहीहरू आफू अनुकुलको मौसम हेरेर सगरमाथा आरोहण गर्नेछन् जुन प्रायजसो मे महिना सक्किनु अगावै हुनेछ। तीन महिना अगाडि कोरोना भाइरसको संक्रमण मध्य चीनबाट सुरु भएको थियो। त्यसयता भाइरसबाट चीनमा ३ हजार बढीले ज्यान गुमाइसकेका छन्। हाल चीनले आफ्नो देशमा भाइरसको संक्रमणनियन्त्रणमा आएको जनाएको छ भने महामारीको उद्गमस्थल हुबेई प्रान्तको वुहानलाई विस्तारै सामान्य अवस्थामा ल्याउन सुरु गरेको छ।