Logo

लकडाउन : राजधानी काठमाण्डौंको अवस्था यस्तो छ (भिडियो सहित)


काठमाण्डौं । कोरोना भाईरसको संक्रमण पछि राजधानी काठमाण्डौको अवस्था निकै कष्टकर बनेको छ । जनजिवनको हित र संक्रमणसँग बच्न सरकारले एककासी लकडाउनको घोषणा गरेपछि आम जनता मारमा परेका छन् । आम सर्बसाधारण घरबाट निस्कन नदिए पछि यतिखेर राजधानी काठमाण्डौं सुनसान बनेको छ । सडकको अवस्था हेर्दा सरसफाइमा भने निकै सुधार आएको छ ।

चिल्लो र सफा सडकमा मानव आवतजावत शून्य छ । प्रहरी र सुरक्षाकर्मीले कुनै पनि आम सर्बसाधारण नागरिक र सवारीसाधनलाई आवतजावतमा पूर्ण रुपमा ठप्प बनाएको छ । अत्यावश्यक बाहेकका कुनै पनि कार्यलय तथा मन्त्रालय खुन्न दिएको छैन । सरकारको नियम उल्लघन गर्नेलाई लाठी चार्जदेखि जेल चलान सम्मको कार्बाही सरकारले थालेको छ ।

आज लकडाउनको दशौ दिन हो । काठमाण्डौ सुनसान छ । विभिन्न जिल्लामा नियम उल्लघन गर्नेलाई सरकारले छोडेको छैन । आज पनि लकडाउन पूर्ण रुपमा कायमै छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै राजधानी काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।

लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । यद्यपी बजार खुल्ने समयको निर्धारण नहुँदा सर्वसाधारणहरु त्रासमा छन् ।

लकभक अब नेपाली मजदुर जनताको घरमा चुलो निभ्न लागेको छ । आवश्यक खाद्य सामाग्रीहरुको अभाव महशुस गर्न थालिसकिएको छ । यो अवस्थामा सरकारले न्याय दिएन । अरु देशले राहत सामाग्री दिएर आफ्नो जनताको उद्धार गरेको समाचर मिडियामा आई रहेको अवस्थामा हाम्रो देशको सरकारले कुनै चासो देखाएको छैन भनेर जनताले गुनासो पोखाउन थालेका छन् ।

सरकारले आजदेखि केहि समय सामानहरु खरिदका लागि बजार खुलाउने भने जनाउ दिएको छ । विश्वव्यापी चुनौतीको विषय रहेको कोरोना नियन्त्रणका लागि सरकारको अभियानलाई साथ दिनु पर्ने विज्ञहरु बताउँछन् । लकडाउनसँगै सबै स्वास्थ्यकर्मीहरुको विदा रद्द गरिएको छ।सबैलाई अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन्।

काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ। त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ।

दोस्रो दिन बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो। नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। छिटफुट रुपमा हिडने बटुवालाई आधुनिक मेसिन सनासोबाट समात्ने प्रहरीले व्यावस्था गरेको छ । (कलाखबरबाट)

खाली सडक/राजधानी काठमाण्डौं सुनसान
खाली सडक/राजधानी काठमाण्डौं सुनसान
खाली सडक/राजधानी काठमाण्डौं सुनसान
खाली सडक/राजधानी काठमाण्डौं सुनसान
खाली सडक/राजधानी काठमाण्डौं सुनसान

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्