भ्रष्टाचार गर्न सरकारलाई संकटमा सहज हुन्छ कि कसाे ?

– नवल खडका
भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू पाल मन्त्री देखि अनेकन नामले ख्याति कमाए । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे। आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि। यसपटक यस्तै देखिदैंछ। हुन त अरूबेला पनि भ्रष्टाचार नभएको त काँहा हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, एनसेल काण्ड आदि इत्यादि। कति छन् कति। तर अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्दो रहेछ, त्यहाँ माथि स्वास्थ्य जस्तो संवेदनशील अझ महामारीको स्थितिमा।
कोभिड–१९ विश्वमहामारीले विश्वभरका राजा र मन्त्रिका ढोकामा दस्तक दिइरेका छन् तर यहाँ पुतली बगैचाको पालमुनी बसेको निर्णयले करौंडोको भ्रष्टाचारको कुरा आइरहेको छ, नेपाली जनताकाे जिउधन माथि खेलवाड गरिदैछ। सिमानामा अलपत्र परेका जनतालाई देशमा ल्याउने, स्वास्थ्य उपचार, आर्थिक चाँजोपाँजो मिलाउनु पर्नेमा लाठीचार्ज गरिदैछ। त्यसमाथि औैषधि उपकरणमा भ्रष्टचार गर्नु यही हो शून्य भ्रष्टचारप्रति शहनशीलता?
दिनरात खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीप्रति मनै देखि सलुट गर्दछु। सञ्चारकर्मी, समाजसेवी, स्थानीय पालिकाका कार्यकर्ताहरुले विदेश फर्केका नेपालीको लगत राखेर उहाँहरुमा जनाउनु भएको सद्भावप्रति चलचित्रकर्मीको नाताले सम्मान गर्दछु।
जनतालाई दिइने भनिएका राहत प्याकेज पुगेका छैनन्। भारतले जे जे गर्छ त्यसैको कपि गरिएकोछ। नेपाल सरकार आफ्ना पनि योजना भए तुरुन्त लागु गर। यो सबै क्षेत्रका श्रमजीवीलाई लगायत चलचित्र क्षेत्रका श्रमिकहरुकहाँ पनि पुग्नु पर्छ। यसमा ढिलाइ गरिनु हुँदैन। सरकारमा रहेका केही मन्त्रीहरुले गरेका भष्ट्राचारले सरकार नै बदनाम भइसकेको छ। यसबारे नेपाली जनता वाक्क भइसकेका छन् र उचित समयमा जनताले छिनोफानो गर्नेछन्।
अन्तमा, दिनरात खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीप्रति मनै देखि सलुट गर्दछु। सञ्चारकर्मी, समाजसेवी, स्थानीय पालिकाका कार्यकर्ताहरुले विदेश फर्केका नेपालीको लगत राखेर उहाँहरुमा जनाउनु भएको सद्भावप्रति चलचित्रकर्मीको नाताले सम्मान गर्दछु। किनकि त्यही लगतले महामारीविरुद्ध लड्न सघाउँदैछ। साथै दु:ख, पीडासँग जुधिरहनु भएका देशबिदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै विश्वका मानवजाति प्रति ऐक्यबद्धता। विश्वका मानवजाति यस विश्वमहामारी रोक्न एक होऔं।
लेखक, चलचित्रकर्मी ,एवम सामाजिक अभियान्ता हुन् ।