युवा नेताले श्रमजीविलाई सहयोग गर्दै

सुनसरी । कोरोनाको महामारीमा दैनिक श्रमगरी खाने श्रमजीविहरुलाई भोकभोकैको अवस्थामा पुर्याएको छ । जसमा सुनसरी जिल्ला पनि अछुत रहेको छैन ।
स्थानिय श्रमजीविलाई राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष भुवन याक्खाले एक दम्पत्तीलाई आफ्नो घरमा भएको २० केजि चामल, एक केजी प्याज, कोपी, वन्दा र औषधीको लागी एकहजार दिएर सहयोग गरेका छन् ।
अध्यक्ष याक्खाले यस भन्दा अगाडी विभिन्न १०० घर बढीलाई चामल, दाल लगायतको राहत सामग्रीहरु वितरण गरिसकेका छन्, भने थप राहतको लागी आवश्यक समन्वय पनि गरिरहेको छ ।
युवा नेता याक्खा जस्ता सबै युवाहरुले आफुले सक्ने प्रयत्न गरे निश्चित रुपमा श्रमजिविहरुले केही दिनको भोको टर्ने निश्चित छ, भने राज्यलाई पनि मानवीय रुपमा सहयोग हुने निश्चित छ । यसका साथै थप राहत व्यवस्थापनको लागी पनि सबै जनताहरुले अपेक्षा गरेका छन् । अध्यक्ष याक्खाको उदाहरणिय कार्यको लागी हार्दिक बधाई ।