जैविक युद्धको एक संक्षिप्त इतिहास-बिक्रम सुब्बा

प्राचीन कालमा
१ . इतिहासमा विभिन्न प्रकारका जैविक युद्ध (BW) बारम्बार अभ्यास गरिएको छ। यसमा जैविक एजेन्ट biological agents (microbes and plants) र र bio toxins तथा venom’s हरू पनि समावेश छन् । २० औं शताब्दी भन्दा पहिले, जैविक एजेन्टको प्रयोगले तीन मुख्य रूप लिए: (क) विषाक्त वा संक्रामक सामग्रीको साथ खाना र पानीको जानाजानी दूषितकरण, (ख) एउटा हतियार प्रणालीमा जीवाणुहरू, जैविक विषाक्त पदार्थहरू, रोगग्रस्थ जनावरहरू, वा रोगग्रस्त बोटबिरुवा (जीवित वा मृत) को प्रयोग, र (ग) किटाणुले भरिएका कपडाहरू बाँडेर या किटाणुहरू भरिएको कपडा लगाएको मानिसलाई उपयोग गरेर ।
२. जैविक हतियारको रेकर्ड १५००-१२०० ईशवीपूर्व हिट्टी ग्रन्थमा पाईएको छ जसमा तुलारमीया (खरायो ज्वरो) नामक रोगी खरायोहरू दुश्मन देशमा पठाएर महामारी सृजना गरेको भनिएको छ ।
३. होमरको (५९० BC) काव्य (जस्तै: ट्रोजन युध्द) मा पनि ‘धनु-काँड र भालाको टुप्पामा (साँपको) वीष राखेर प्रहार गरी दुश्मनको शरिरमा वीष हालेर मार्ने काम गरेको उल्लेख पाइन्छ ।
४. ई.पू. 130 BC तिर रोमन सैनिक कमाण्डरहरूले पानीको मुहानहरूमा वीष हालेर दुश्मनहरूलाई मारेको उल्लेख पाइन्छ । तेस्तै, सैनिकहरूले तरवार र तीरहरू मलमुत्रमा गाडेर राखी किटाणुयुक्ता बनाएर र बिभिन्न जडीबुटीबाट विष निकालेर तीर तथा तरवारको धारमा दलेर चलाएको उल्लेख पनि पाइन्छ ।
माध्यमिक कालमा:
१. मंगोल साम्राज्य फैलाउँने क्रममा सेनाहरू जहाव जहाँ पुगे ती ठाउँहरुमा ‘बुबोनिक प्लेग’ नामक ढिलो गरी सर्ने रोगका किटाणुहरू पनि छर्दे गएर त्यसले बेलाबेला रो उब्जाउँने (Endemic) गरेर एशीया, यूरोप र चीन लगायतमा २५ मिलियन मानसको ज्यान लियो भनेर अन्दाज लगाइएको छ । यो क्रममा बुबोनिक प्लेगले मरेका सैनिक र अन्यको लाश समेत जतासुकै गाउँतिर फालेर समेत रोग फैलाएर दुश्मनहरुको गाउँलाई रोगग्रस्त पारिएको उल्लेख पाइन्छ ।
यसरी हेर्दा अहिले कोरोना भाइरसको बारेमा चीनलाई अमेरिकाले दोष लगाउँने र चीनले अमेरिकालाई दोष लगाउँने तथा पछिल्लो समयमा कोरोनाले अमेरिका, भारतलाई एउटा खेमातिर र चीन, यूरोप र विश्व स्वास्थ्य संगठन एउटा खेमामा ध्रुविकृत भएर दन्तबजान गरिरहेको देखिन्छ । यसो हुनुको कारण चीन विश्वको १ नं को अर्थतन्त्र बन्ने प्रयास गरिरहेको र अमेरिकाले चीनलाई २ नं मै रोक्ने दाउ गरेको देखिन्छ ।
१७ औं र १८ औं शताब्दीमा
१) युरोप: सन १७१० मा रुसका सेनाले ‘प्लेग’ले मरेका लाशहरु र ‘प्लेग’ले मरेका मानिसहरुले लगाएका वस्त्रहरु स्वेडेनको रेबा॥ शहरमा फालेर रोग फैलाइदिएको रेकर्ड पढ्न पाइन्च ।

२) उत्तर अमेरिका: १७६३-६६ मा बृटिश सेनाले उत्तर अमेरिकाका जनजाति (नेटिभ) अमेरिकनका विरुध्द (पोण्टियाकहरूको विद्रोहका बेला) कम्बल बाँड्ने निहुँमा दादुरा, ईन्फ्लिएन्जा र बिफरका रोगका किटाणु मिसाएर दिए पछि लगभग ५ करोड जनजाति (नेटिभ अमेरिकनहरू) मारिए भनिन्छ जसको बृटिश Captain Simenon Ecu-yer ले नेतृत्व गरेका थिए ।
३) न्यू साउथ वेल्स: अष्ट्रेलियाली आदिवासी (कुरीस) ले सधैं भनेका छन कि बेलायतीले जानाजानी सन १७८९ मा बिफरका किटाणूमार्फत महामारी फैलाएर बृटिशहरूले लाखौँ अबोरिजनल्सलाई मारेका थिए ।
२० औं शताब्दी
१) २० औं शताब्दीको सुरुतिर माइक्रोबायोलजीमा प्रगति भएपछि १९०९ को युरोपेली अभियानका बेला दक्षिण-पेसिफिक क्षेत्रको पोलिनेशीयन जनसंख्याका वीच दादुरको रोग फैलाएर लाखौँ मानिस माेको ईतिहास छ ।
२) पहिलो विश्व युद्ध: (1914–1918) को बेला जर्मनीले कृषिविरोधी जैविक (एनथ्रेक्स) युद्धका केही प्रारम्भिक प्रयासहरू गर्यो जसले दुश्मनका घोडहरूको अस्तबलमा एन्थ्रेक्स छरेर रोग सार्ने काम गरेको थियो । त्यसपछि अर्जेन्टिनामा, जर्मन एजेन्टहरूले ब्यूनस आयर्सको बन्दरगाहमा गन्धकहरू पनि प्रयोग गरे र विनाशकारी फंगस समेत प्रयोग गरेर गहुँको खेती बर्बाद गर्ने प्रयास गरे । तर, जर्मनी पनि त्यस्तै आक्रमणको शिकार बन्न पुग्यो – जर्मनीका लागि बाँधिएका घोडाहरूलाई (स्विजरल्याण्डमा) फ्रान्सेली सञ्चालकहरूले बुर्खोल्डेरियामा संक्रमित गरिदिए।
आन्तरिक युध्दहरू र दोस्रो विश्वयुध्द
१) यसअवधिमा बेलायत र अमेरिका दुबैले जैविक युद्धमा अनुसन्धान गरेर हवाईजहाजले किटाणु छर्केर दुश्मनहरूलाई सखाप पार्ने सम्मको जैविक युध्दको तैयारी गरे । तर जापानले नयाँ जीवाणु विकास गरेर ‘टेष्ट’ गर्दा नै चीनका ४ लाख मानिसको ज्यान गएको तियो भनेर चिनीया ईतिहासकारहरुले लेकेकाछन् ।
दोस्रो विश्वयुध्दपछि
१. १९५७ मा एशियाली फ्लू हङकङबाट सुरु भएर चीन, अमेरिकातिर फैलियो जसले १४ हजारको ज्यान लियो । यही फ्लूको दोस्रो लहर १९५८ मा चल्यो जसले ११ लाखको ज्यान लिँदा अमेरिकामा मात्र १ लाख १६ हजारको ज्यान गयो ।
२. १९८१ मा एचआईभी / एड्स सुरु पश्चिम अफ्रिकाबाट सुरु भयो र सन्सारभरि फैलियो । अहिले पनि यसले हरेक वर्ष अनेकौँ ज्यान लिईरहेछ र अहिले सम्म यसले ३ करोड ५० लाकको ज्यान लिईसकेको छ र पनि हहिले सम्म यस रोगको उपचार पत्ता लागेको छैन ।
३. २००३ मा सार्स (SARS: Severe Acute Respiratory Syndrome) नामक भाइरस चमेराबाट बिरालो हुँदै चीनमा पुगेर मानवमा फैलियो र थप २६ देशहरूमा फैलियो ८०९६ जनालाई संक्रमित गरेर ७७४ जनाको ज्यान लियो ।
४. २०१९ को नभेम्बर-डिसेम्बरमा सुरु भएको COVID-१९ ले अहिले (३१ मार्च २०२० सम्ममा) ८ लाख जतिलाई संक्रमण भएको, ३७ हजार ८१५ को ज्यान लिईसकेको र १ लाख ६५ हजार निको भएको तथ्यांक पढ्न पाइँदैछ ।
नोट: विस्तृत रुपमा हेर्दा उल्लेखित हरेक महामारी चलेका बेला एक देशले अर्को देशलाई अनेक दोष लगाउँने गरेको देखिन्छ । शायद, केहि घटना घटेपछि कसैलाई दोष दिन थाल्नु र सत्य खोज्न थाल्नु – मानविय स्वाभाव नै हो कि? किनभने दोष लगाएर प्रश्न खाडागरेपछि जवाफ दिनेले केही न केही बोल्ने भयो र फेरि हर्को प्रश्न सोधिने र फेरि जवाफ आउँने यस किसिमको सवाल जवाफले नै तथ्य खोज्दै जाने पनि अनुसन्धानको एक विधी हो कि, जसलाई संस्कृत साहित्यमा ‘वादे वादे जायते तत्व वोध’ भन्ने गरेको पाइन्छ । यसरी हेर्दा अहिले कोरोना भाइरसको बारेमा चीनलाई अमेरिकाले दोष लगाउँने र चीनले अमेरिकालाई दोष लगाउँने तथा पछिल्लो समयमा कोरोनाले अमेरिका, भारतलाई एउटा खेमातिर र चीन, यूरोप र विश्व स्वास्थ्य संगठन एउटा खेमामा ध्रुविकृत भएर दन्तबजान गरिरहेको देखिन्छ । यसो हुनुको कारण चीन विश्वको १ नं को अर्थतन्त्र बन्ने प्रयास गरिरहेको र अमेरिकाले चीनलाई २ नं मै रोक्ने दाउ गरेको देखिन्छ । -(बिक्रम सुब्बाको फेसबुकबाट)