Logo

कोभिड–१९ को महामारी र हामी भेडाबाख्रा नेपालीहरु


–निनाम कुलुङ ‘मंगले’

हाल विश्वका मै हँु भन्ने देशहरु नै नोबेल कोरोनाभाइरस डिजिज–२०१९ (कोभिड–१९) को संक्रमणबाट सबैभन्दा धेरै पीडित भएका छन् । ती देशका शासकहरु जो (कोभिड–१९) रोगको संक्रमण भर्खर फैलन सुरु (लगभग ३ महिनाअघि) हँुदै गर्दा घमण्टले फुल्थे ! चीन र चीनका शासकप्रति सँधै नकारात्मक धारणा बनाउने ती देशका शासक र अनुदारवादी प्रशासकहरु अहिले बल्ल चेतेका छन् । किनभने, ती देशमा पनि (कोभिड–१९) रोगको संक्रमणले मजासँगले टाउको उठाएको छ ।

यसरी नोबेल कोरोनाभाइरस डिजिज–२०१९ (कोभिड–१९) को संक्रमण विश्वभरिफैली रहँदादेखि नै हाम्रो देश नेपालमा भने, स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुले आफ्नो उडान लगातार गरी नै रहेका थिए । त्यसरी विभिन्न देशबाट नेपाल आएका अधिकांश यात्रुहरु र भारतीय नाकाबाट अनियन्त्रित ढंगले नेपाल छिरेका नेपालीहरुलाई (कोभिड–१९) उनीहरुमा (कोभिड–१९) को संक्रमणको लक्षण छ, छैन ? चेक–जाँच नगरीकनै भित्रिन दिईएको थियो । जबकि उनीहरुमा (कोभिड–१९) को संक्रमणको लक्षण छ, छैन ? चेक–जाँच गरेर लक्षण नदेखिए पनि १४ दिन सेल्फ क्वारेन्टाइन (उनीहरुको घरमै राखेर) र, सरकारले बनाएको÷तोकेको क्वारेन्टाइनमा राख्नुपर्ने थियो । त्यो वेलो सो काम नगर्नु हाम्रो देश र हाम्रा लागि अझै पनि महँगो हुन सक्छ । सरकार वा भनौं सम्बन्धित निकायले वेला छँदै सो काम नर्गनु वा खेलाँची ठान्नु अथवा जानाजान लापरबाही गर्नु हामी नेपालीहरुका लागि ठूलो भुल भएको छ । यसरी हेर्दा आजभन्दा ८/९ दिन अघिसम्म भारतीय नाकाबाट कोभिड–१९) रोगको लक्षण चेक–जाँच नगरी हुलका हुल नेपालीहरु भेडा–बाख्रा जसरी नेपाल छिरेका थिए । उनीहरुमध्ये गाउँ पुगेपछि गाउँका जिम्मेवार व्यक्ति र निकायले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्न जाँदा कुटाई आएको र लखेटिएको पनि सुन्न–पढ्न पाईको छ । तर, अझै पनि त्यस्ता व्यक्तिहरु जो विदेशबाट आएकाहरु छन्, सरकारले उनीहरुलाई खोजेर, पत्ता लगाएर उनीहरुको थुक वा खकार संकलन गरेर परिक्षण गर्नुपर्ने देखिन्छ ।

अन्यथा नेपालमा पनि विस्तारै चीन, इटली, इरान, दक्षिण कोरिया, स्पेन, फ्रान्स, अष्ट्रिया, अष्ट्रेलिया, जर्मनी, बेल्जियम, बेलायत, स्वीटजरल्यान्ड, क्यानाडा, नेदरल्यान्ड, नर्बे, पोर्चगुल, स्विडेन, ब्राजिल, इजरायल, टर्की लगायत देश झै(कोभिड–१९) को संक्रमणले महामारीको रुप नलेला भन्न सकिन्न वा भनौं महामारीको स्थिति नआउला भन्न सकिन्न । हुन नेपालमा वृद्ध–वृद्धा उमेरका मान्छेहरु कम भएको र भएकामध्ये पनि त्यस्ता वृद्ध–वृद्धा उमेरका मान्छहरु विदेश घुम्न जाने प्रचलन खासै नरहेको र (कोभिड–१९) को संक्रमणको उत्पत्ति पनि नेपाल नभएकोले यो रोगले नेपालमा महामारीको रुप नलेला भन्ने केही विषय विज्ञ र डाक्टरहरुको भनाइ सुनिन्छ । तर, पनि जंगलमा आगो लाग्नलाई एक झिल्को नै काफी हुन्छ ! भन्ने भनाइलाई पनि हामीले मनन् गर्नुपर्ने हुन्छ । किनकि, दक्षिण कोरियामा चीनबाट फर्किएकी एकजना (कोभिड–१९) को संक्रमणले भेटेकी बिरामी चर्च जाँदा बाँकी अरुमा सरेको भन्ने भनाइ छ, भने पाकिस्तान र मलेसियामा पनि एक जना (कोभिड–१९) को संक्रमणले भेटेको व्यक्ति मस्जिदमा प्रार्थना गर्न जाँदा अरु मानिसहरुमा सरेको भन्ने भनाइ छ ।

नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट लभगभग ६ लाख मानिसहरुले सरकारले घोषणा गरेको एक हप्ता लामो ‘लक–डाउन’ सुरु नहुँदै आ–आफ्नो थातथलो लागिसकेका थिए भने ‘लक–डाउन’ सुरु भएको केही दिन पछिसम्म पनि भारतमा काम गर्न गएका नेपालीहरु भीडभाडका साथ जताभावी ह्वार–ह्वर्ती स्वदेश अर्थात् नेपाल छिरेका थिए ।

यसरी हेर्दा सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी ऊहानबाट फैलिन सुरु भएको ‘नोबेल कोरोनाभाइरस ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ पछि (कोभिड–१९) नाम दिइएको संक्रामक रोगको भाइरसले हाल विश्वलाई नै आतंकित पारेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै (कोभिड–१९) लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) रोग भनी घोषण गरेको छ । हुन पनि पछिल्लो ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्र संघमा आवद्व भएका ९५ वटा देशमध्ये १९३ र बाँकी गरी १९९ वटा देशमा (कोभिड–१९) नामक रोगको भाइरस फैलिसकेको छ । (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले विश्वलाई नै त्राहीमाम ! त्राहीमाम !! बनाएको छ । आजका मितिसम्ममा विश्वका भिविन्न देशका ३४ हजारभन्दा बढी मान्छेहरुलाई (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले परमधाम पुर्याई सकेको छ भने ७ लाख २४ हजार चानचुन बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । ती मध्ये १ लाख ४२ हजार चानचुन बिरामी त अमेरिकामा मात्रै छन् । आगामी दिनमा (कोभिड–१९) को संक्रमणले अझ कति मान्छेहरुलाई परमधाम पुर्याउने हो ? अहिले नै किटेर यसै हो भन्न सक्ने अवस्था रहेन । किनभने, यो संक्रामक रोगको भाइरसले कहिलेसम्म मान्छेहरुलाई दुःख दिने हो ? कसैलालाई थाहा छैन । त्यसो त कतिपय देशमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरस भर्खर देखा पर्दैछ । कतिपय देशले (कोभिड–१९) नामक संक्रामक रोगको भाइरस देखापर्नै नदिने प्रयास गरीरहेका छन् । कतिपय देशले आफ्नो देशमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरस देखापर्ने बित्तिकै रोकथाम गर्नेतर्फ ढीला नगरीकन लागीहाले । तर, केही देशहरुले भने आफु रु शक्तिशाली र विज्ञान प्रविधिमा उच्चतम सफलता प्राप्त गरेको देश भएकोले आफ्नो देशमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरस आई हालेमा सजिलै नियन्त्रण गर्ने ठाने । जुन उनीहरुका लागि मूर्खता र साह्रै महँगो सावित भएको छ । हुन पनि ती देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा नेताहरु सुरुमा चीनमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरस फैलिदा खुच्चिङ भने झै गरेका थिए । माथि नै भनियो कि, केही देशले भने, वेलैमा आफनो देशमा (नोबेल कोरोनाभाइरस डिजिज–१९/कोभिड–१९) रोग होस्, कि नहोस्, भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले उनीहरुलाई सताएको छैन । त्यस्तो देशहरुमा सिंगापुर, भुटान, दक्षिण कोरिया आदि पर्छन्, ती देशहरुले वेला छँदै (कोभिड–१९) रोगको संक्रामक भाइरस आफ्नो देशमा फैलिनुअघि नै पाइला चालीहाल्यो । जसले गर्दा विश्वकै पर्यटकीय, व्यापारिक र आर्थिक कारोबारको केन्द्र विन्दु भएको देश भएर पनि आफ्नो देशमा ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९ अर्थात् (कोभिड–१९) रोगको संक्रमणले खासै टाउको उठाउन पाएन ।

नेपालमा पनि आजका मितिसिम्म ५ जनालाई (कोभिड–१९) को संक्रमण देखिई सकेको छ । त्यसमध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्की सकेका छन् भने ती ५ जना विरामीमध्ये बुटवल र पाटन अस्पतालमा दुई जनाको मृत्य भएको छ । तर, उनीहरुमा (कोभिड–१९) को पोजिटिभ भए, नभएको ! रिपोर्ट आइसकेको छैन ।

मर्नदेखि कसलाई पो डर नलाग्दो हो र ? त्यसमाथि हामी नेपालीहरु ! खानकै लागि र धरती मातालाई बोझ हुनकै लागि मात्रै भए पनि हामी नेपालीहरुलाई बाँच्न मन लाग्छ ! त्यसैले नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट लभगभग ६ लाख मानिसहरुले सरकारले घोषणा गरेको एक हप्ता लामो ‘लक–डाउन’ सुरु नहुँदै आ–आफ्नो थातथलो लागिसकेका थिए भने ‘लक–डाउन’ सुरु भएको केही दिन पछिसम्म पनि भारतमा काम गर्न गएका नेपालीहरु भीडभाडका साथ जताभावी ह्वार–ह्वर्ती स्वदेश अर्थात् नेपाल छिरेका थिए । लाग्छ, यी मानिसहरु (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसबाट बच्नका लागि गाउँ–घर नै सुरक्षित हुन्छ ! भन्ठानेर गाउँ लागेका हुन् !! अभैm पनि ४८ जना नेपालीहरु भारतमा हरिविजोक (न नेपाल छिर्नु न भारत फिर्नु) अवस्थामा छन् । त्यसो त हामी नेपालीहरु जत्ति नै अज्ञानी र अल्पज्ञानी भए तापनि हामी नेपालीहरु आपूmलाई सर्वज्ञ र सर्वज्ञानी ठान्नुपर्र्ने !!! त्यसैले त फलानो हस्पिटलले भनेको .. जनालाई … लागेको छ अरे, फलानो नर्सिङ होमले भनेको यत्ति जनालाई … अरे ! भन्दै झुटो  र कपोल–कल्पित म्यासेज वा भनौं सूचना संप्रेषण गर्छौं । अझ केही आयातित धर्मका ठेकेदारहरु नै आफ्नो धर्म अपनाएमा ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् (कोभिड–१९) छँुदैन वा भनौं आक्रमण गर्दैन ! भन्दै भ्रम फैलाउँछन् । विचरा ती धर्मभीरुहरुलाई इटली, फ्रान्स, जर्मनी, अष्ट्रिया, नेदरल्यान्ड, अमेरिका, अष्ट्रेलिया लगायत देशहरुमा कुन धर्म मान्छन् ? भन्नेसम्म पनि थाहा रहेन छ कि क्या हो ? तर, … अरे ! र … रे ! को भरमा घटनै नभएको वा अपस्ट समाचारहरुलाई समाजमा त्रास र अफवाह फैलाउने ढंगले भ्रम छर्ने त्यस्ता मान्छेहरुलाई सरकारले वेला छँदै पक्डेर कारबाही गरेको छ ।

तर, नेपालमा पनि आजका मितिसिम्म ५ जनालाई (कोभिड–१९) को संक्रमण देखिई सकेको छ । त्यसमध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्की सकेका छन् भने ती ५ जना विरामीमध्ये बुटवल र पाटन अस्पतालमा दुई जनाको मृत्य भएको छ । तर, उनीहरुमा (कोभिड–१९) को पोजिटिभ भए, नभएको ! रिपोर्ट आइसकेको छैन । यसरी हेर्दा (कोभिड–१९) को संक्रमणले वश्वव्यापी रुपमा महामारीको रुप लिइसकेपछि पनि नेपालमा हवाई उडान सञ्चालन गरेका स्वदेशी र विदेशी वायुसेवा कम्पनीबाट नेपाल आएका यात्रुहरु र भारतीय नाकाबाट अनियन्त्रित ढंगले नेपाल छिरेका नेपालीहरुलाई (कोभिड–१९) को लक्षण भए–नभएको राम्रोसँग जाँच–पड्ताल नगरी नेपालका गाउँगाउँ र सहर–बजारमा सजिलै पस्न दिएकोले (कोभिड–१९) भाइरसको संकमणले नेपालमा पनि विशाल रुप नलिएला भन्न सकिन्न है कामरेडहरु !

ninamkirat123@gmail.

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्