केन्द्रिय निर्देशन पालना गर्दै सुनसरी राष्ट्रिय युवा संघ

शर्मिला राई
सुनसरी-राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कार्यालयले निर्देशन गरे अनुसार विश्व महामारी कोरोना भाइरसको प्रभाव परेको सुनसरी जिल्लाको विभिन्न टोल, वडा र गाउँहरुमा राहत वितरण गरिएको छ ।

राहत वितरणको क्रममा धरान उपमहानगरपालीका वडा नं.११ स्थित मकालु वस्ति यलम्बरहाङ चोक सोलिङ्गका ५० घरहरुलाई राहत वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला अध्यक्ष भुवन याक्खाले बताए ।

दैनिक ज्याला गरेर जीवन निर्वाह गर्दै आएका प्रतिपरिवार १० केजीको दरले चामल वितरण गरिएको अध्यक्ष याक्खालृ बताउनु भयो ।

सुनसरी जिल्लाका नेकपा युवा नेता पुर्ण भुजेलकाको समन्वय, सल्लाह बमोजि सोही राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला सदस्यहरु विशाल राई, रिकेश विक, रमेश रपाल, भोला विक र श्याम भण्डारी लगायत युवाहरु राहत वितरण खटिरहेको अध्यक्ष याक्खाले बताउनु भयो ।