Logo

नेपालले चीनबाट आएको पिसिआरले डेढ घन्टामै कोरोना संक्रमण जाँच्न सक्ने


नेपालले आइतबार चीनबाट ल्याएको पिसिआर मेसिनले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण भए-नभएको डेढ घन्टाभित्रै जाँच्न सक्नेछ।

आइतबार चीनबाट आएका पाँच वटा हातैमा बोक्न मिल्ने पिसिआर मेसिनमध्ये सरकारले चार वटा प्रदेशहरूलाई वितरण गर्ने निर्णय गरेको छ। यो मेसिनको तौल १० किलोग्राम छ।

मेसिनलाई सजिलै बोकेर एक ठाउँबाट अर्को ठाउँ लैजान सकिन्छ। यहीँ मेसिनलाई प्रयोग गरेर सरकारले कोरोना परीक्षणको दायरालाई बढाउने छ। यसले परीक्षणलाई छिटो बनाउने छ।

‘यो मेसिनले अहिले परीक्षण भइरहेकोजस्तो लामो समय लिँदैन। यसले डेढ घन्टामै नतिजा दिन सक्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाले  भनिन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्