Logo

युता नेता राईको पहलमा राहत वितरण, समन्वय गर्न आवश्यक


विश्व समाज कोरोनाले प्रभाव पारिरहेको समयमा नेपालको गा्रमिण इलाकाहरुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारिरहेको छ । संक्रमण त्रसित भइरहेको अवस्थामा नेपाल सरकारले संक्रमण फैलिन नदिन लकडाउन गरेकोले दैनिक ज्याला र मजदरी गरेर बाँच्ने परिवार ठुलो मारमा परिरहेको प्रत्यक्ष देखिरहेका छौं । यसको मारमा प्रदेश एक धनकुटा जिल्लाका समुदायहरु पनि परेका छन् ।

 

 

 

यसकारण केही रुपमा भएता पनि उदाहरणिय कार्यका थालनी गर्न राष्ट्रि युवा संघ नेपालका केन्द्रिय सदसस्य तथा नेकपा धनकुटा सचिवालय सदस्य वलदिप राईको पहलमा जिल्लाको जोरपाटी गापाको सिंधुवाका चार र धनकुटा र तेह्थुम जिल्लाको सिमानामा पर्ने चित्रे बजारका करिब ५० घर परिवारका दैनिकी विपन्न परिवारका परिवारहरुलाई खाद्यान्न राहन वितरण गरेका छन् ।

 

उक्त राहत प्रतिव्यक्ति पाँच केजी चामल तथा एक लिटर तेल, एक किलो दाल, एक किलो नुन र चाउचाउ साथै साबुन वितरण गरेका छन् । छरथर जोरपार्टी गाउँपालीका लगायतका विपन्न परिवारहरुको लागी समेत आवश्यक राहत वितरण लागी समन्वय गरिरहेको राईले बताए ।

यस जिल्लामा रहेको सात वटा स्थानिय तहले आवश्यक राहत प्याकेज ल्याउनु पर्ने अवस्था रहेता पनि हालसम्म स्थानिय सरकारहरुले ढिला गरिरहेको प्रति युवा राईले चिन्ता व्यक्त गरे ।

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्