Logo

अमेरीकी जासुसी संस्था सिआईएले १५ बर्ष अघी नै अहिलेको महामारी बारे प्रतिबेदन निकालेको थियो


अमेरीकी जासुसी संस्था सिआईएले सन् २०२० मा यस्तो महामारी आउन सक्ने बारे १५ बर्ष अघि नै सन् २००५ मा ब्याख्या गरेको पाईएको छ । यो ब्याख्या अहिले विश्वव्यापी रुपमा सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । २००५ को यो प्रतिवेदनले शंकास्पद रुपमा विस्तृत बिष्लेषण दिन्छ अहिले विश्वभर बढीरहेको महामारीको बिषयमा ।
सन् २००५ को सेप्टेम्बरमा यो रिपोर्ट लेखेको थियो सिआईएले । अलेक्जेन्डर एडलरले आफ्नो पुस्तक “ द न्यू सिआईए रिपोर्ट,ह्वाट विल बि द न्यू फेस अफ् द वल्र्ड ईन 2025 ? ( The New CIA report. What will be the new face of the world in 2025 ? )” मा व्याख्या गरेका छन् । सन् २००५ देखि २००९ सम्म पश्चिमा देशहरुमा यो पुस्तक प्रकाशनहरु भएको थियो ।

सिआईएले सामान्य रुपमा १५–२० बर्ष पछि विश्वको भविष्यको बारेमा पुर्वानुमान गर्ने गर्दछ । अचम्मको कुरा, यस रिपोर्टले विश्वव्यापी महामारीको सटीक वर्णन दिएको छ । यस पुस्तक भित्र एउटा उप शीर्षक छ, विश्वव्यापी महामारीको संभावना ( A Possible outbreak of a global pandemic ) । यसमा सिआईएका बिज्ञहरुले कोभिड–१९ जस्तै महामारीको बारेमा सटिक विष्लेषण गरेका छन् । नयाँ, अत्याधिक संक्रामक, विषालु, मानव स्वास प्रस्वास रोगको उदय हुन सक्छ , जहाँ पर्याप्त उपचार छैन र यसले विश्वव्यापी महामारीको कारण निम्त्याउँछ भनेर उनीहरुले पुर्वानुमान गरेका थिए । जुन आजको समयमा देखा पर्दछ ।

महामारीको सुरूवात प्राकृतिक आनुवंशिक उत्परिवर्तन, पहिले नै परिसंचरणमा रहेको भाइरल स्ट्रिनको पुनः संयोजनमा, वा मानव जनसंख्यामा नयाँ रोगजन्य कारकको उदयमा निर्भर गर्दछ । अहिलेको महामारीको नयाँ रोग एच५एन१ एभिएन इन्फ्लूएंजा जस्तै घातक हुने लेखिएको छ रिपोर्टमा । “यस प्रकारको रूपान्तरण, तर अन्य रोगजनकहरू, जस्तै तीव्र श्वासप्रश्वास सिन्ड्रोम कोरोना भाइरस र केही इन्फ्लूएन्जा स्ट्रेनको समान गुण हुनेछ, पोर्चुगलबाट प्रकाशित हुने अखबार भिसाओले रिपोर्टलाई उल्लेख गर्दै लेखेको छ ।

महामारीको लागि कोही तयार छैन

उक्त रिपोर्टमा यस्तो पनि लेखिएको छ “उत्पत्ति भएको देशले सम्भावित रूपमा पत्ता लगाउन पर्याप्त साधनहरू नहुने भएकोले यस रोग पत्ता लगाउन लामो समय लाग्नेछ । प्रयोगशालामा हप्तौ लाग्न सक्छ रोगको परिणामहरु पत्ता लगाउन , जसले गर्दा यसले महामारीको रुप लिन सक्छ ।

विश्वव्यापी संक्रमणको परिदृष्यको पनि यसरी व्याख्या गरिएको छ । अन्तर्रा्ष्ट्रिय यात्रामा प्रतिबन्धको बाबजुद, थोरै वा कुनै लक्षण नभएका यात्रीहरूले भाइरसलाई अन्य महादेशमा लैजान सक्छन्। बिरामीहरूको संख्या हरेक महिना स्नोबल जस्तै देखा पर्ने छ ।

रिपोर्टले नोवेल भाइरसको उद्भवको क्षेत्र र परिस्थितिहरूको पूर्वानुमान गरेको छ जस्तै : “यदि महामारी फैलियो भने निस्सन्देह यो सघन जनसंख्या भएको क्षेत्रबाट शुरु हुन्छ, जहाँ मानिसहरू जनावरहरूको नजिकै बस्छन् । चीन र दक्षिणपूर्वी एशियामा त्यस्ता क्षेत्रहरू छन् जहाँ मानिसहरू पशुपालनको सम्पर्कमा छन्।” भनिएको छ । सबैभन्दा खराब अवस्थाको बारेमा चर्चा गर्दै सिआईएको रिपोर्टमा, “यो रोग यो भारईरसले करोडौ पश्चिमाहरुमा समेत संक्रमण गर्ने छ र दशौं लाख मानिसको मृत्यु हुन सक्छ । यसले विश्वको महत्वपूर्ण संरचनामा गिरावट ल्याउने छ । आर्थिक मन्दी विस्वव्यापी हुने छ । विश्वको एक तिहाई जनसंख्यालाई असर पार्ने छ ।

परिणाम स्पष्ट छ :तनाव र द्धन्द

“२०२० सम्ममा यो रोग देखा पर्यो भने आन्तरिक र सीमापार तनाव र द्वन्द्व फैलिनेछ । देशहरूले जनसंख्याको आन्दोलनलाई नियन्त्रणमा राख्न वा संक्रमणको प्रसारबाट बच्न वा प्राकृतिक स्रोतमाथिकोे पहुँच संरक्षण गर्न खोज्ने छन् ” प्रतिवेदनले निष्कर्ष निकालेको थियो । उल्लेखनीय के छ भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले केही समय पहिले भनेका थिए कि यो अमेरीकी सेनाले सैनिक खेलकुदका बेला वुहानमा यो भाईरस ल्याएको हुन सक्छ भनेर ।

नेचर मेडिसिन जर्नलमा २०१५ मा प्रकाशित एउटा लेखमा भनिएको छ, अमेरिकी वैज्ञानिकहरूले कृत्रिम रूपमा विभिन्न जनावरहरूमा कोरोना भाइरसको हाइब्रिड स्वरुप सिर्जना गरेका छन्, जस्तै कि चमेरोमा । यसमा अगाडी व्याख्या गरिएको छ २०१३ पछि उनीहरुले यो भाईरस मानिसमा सर्ने संभावनाको बारेमा अध्ययन गरेका थिए ।
गत सोमबार संयुक्त राज्यले रिपोर्ट गर्योे कि अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरस विरूद्ध प्रयोगात्मक खोप तयार गरी यसको परीक्षण सुरु गरे । कुन देशले बिक्रीबाट ठूलो नाफा लिने छ भन्ने अनुमान गर्नु स्वाभाविक हो ।

कोरोना फैलिए लगत्तै रुसी टेलिभिजनहरुले अमेरीकाको षड्यन्त्रमा यो भाईरस फैलिएको दाबी गरेको थियो । ।
-प्राभ्दा रिपोर्टमा प्रकाशित रिपोर्टको मुख्य अंशहर

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्