लकडाउनको अवधिमा सरकारले तोक्यो पसल खोल्ने समय

लकडाउनको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ।
दैनिक उपभोग्य वस्तु बेच्ने व्यापारी कतिखेर पसल खोल्ने भन्नेमा अलमल परेपछि पसल खोल्ने समय तोकिएको हो।
समय तालिकाअनुसार चामल, दाल, तेल, दूध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध हुने पसल दिनमा २ पटक पसल खोल्न पाइने भएको छ।

‘हामीले बिहान ४ घण्टा र बेलुका २ घण्टा पसल खोल्न पाइने भनेर छलफल गरेका छौं, उक्त निर्णय के भयो मलाई जानकारीमा आइसकेको छैन,’ मन्त्री भट्टले भने।
समय तालिका तोके पनि एकै पटक उपभोक्तालाई भीड नलाग्न उनले आग्रह गरेका छन्।