म अनि मेराे शहरहरु-सुर्य नाछिरिङ

~~~ गजल ~~~
सरकार फेरिएछ, रुप बद्लिएछ राजनिति उस्तै लाग्यो।
नेता फेरिएछन कुर्सी फेरिएछ काम उस्तै लाग्यो।।बिकाशको ढोंग फुक्दै महलबाट पूरा देश हेर्ने
छानोबिहिन जनताको थाप्लो सेंक्ने, घाम उस्तै लाग्यो।गरिब-सर्बहाराले पेट पाल्न ठेला र रिक्सा तान्दा
महलबसि रिमोट चलाउनेको जाम उस्तै लाग्यो।ईतिहाँसदेखी बिक्षिप्त र अपदस्त नेपालआमा,
मल्हमपट्टी गर्नेले नै देको निल-डाम उस्तै लाग्यो।हिमाल पहड -तराई , ईभाङ-सुखानी गरिब ब्यथा त्यस्तै
काेराेना भाईरसले जन्ता लाम उस्तै लाग्यो।