अति सङ्कटमा फेरिए ट्रम्प : ‘चीनप्रति धेरै सम्मान छ’-डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन अघि अर्थात् १७ मार्च २०२० मा ट्विटरमा मा लेखे,‘चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययन लगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ । हामी पहिलाभन्दा झन् बलियो हुनेछौं ।’
राष्ट्रपति ट्रम्पले त्यस यता निरन्तर ‘चिनियाँ भाइरस’ भन्दै चीनलाई जिस्काउने काम गरी रहे । विश्व स्वास्थ्य सङ्गठन (डब्लुयएचओ)ले यस्तो नभन्न ट्रम्पलाई सम्झाए पनि उनी रोकिएनन् । २३ मार्च २०२० मा कोराना भाइरससम्बन्धी दैनिक प्रेस ब्रिफिङमा ट्रम्पले आफ्नो लिखित नोटमा ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखे । द वासिङटन पोस्टका फोटाग्राफर ज्याबिन बोट्सर्फडले ट्रम्पको उक्त फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।
तर १० दिनपछि ट्रम्पको बोली फेरिएको छ । उनले आज २७ मार्च २०० मा लेखेका छन् ‘यो ग्रहको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो । चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं । धेरै सम्मान छ ।’
ट्रम्पको बोली त्यसै फेरिएको भने होइन । कोरोनाभाइरस कोभिड १९सङ्क्रमितहरुको संख्या चीन र इटलीमा भन्दा अमेरिकामा धेरै पुगेपछि उनी फेरिएका हुन् । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार शुक्रबार (१४ चैत २०७६) अपरान्हसम्म अमेरिकामा १९सङ्क्रमितहरुको संख्या ८५ हजार ६ सय १२ पुगेको छ । १३ सय १ अमेरिकीहरुले ज्यान गुमाएका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणबाट मुत्त हुनका लागि चीनको सहयोग आवश्यक रहेको संकेत गरेका छन् । राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ ।
उनीहरुबीच जी–२० को भिडियोमार्फत कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेको छ । यो भाइरस रोक्नका लागि अन्तराष्ट्रिय प्रयासहरुलाई सशक्त बनाउने, आर्थिक क्षेत्र ओरालो लागेका बेला अर्थतन्त्रलाई टेको लगाउने बिषयमा कुरा भएको हो ।