चीन बिश्वको शक्तिशाली देश : अमेरिकालाई सहयोग गर्न तयार छौं- चीन

काठमाडौँ । चीनले अमेरिकलाई सहयोग गर्न चाहेको बताएको छ । दिनरात तीब्र गतिमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि चीनले अमेरिकालाई सहयोग गर्ने बताएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मानवियता देखाएर सहयोग स्वीकार गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ । कोरोनासँगको लडाइँ करिबकरिब जितेको चीनले भनाईको अमेरिकाले भने कुनै जवाफ फर्काएको छैन ।
अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले कोरोनाभाइरस लिएर चीनविरुद्ध अभिव्यक्ति दिएपनि चीनले सहयोग गर्न चाहेको बताएको छ । वुहानमा कोरोनासँग लडिरहेको बेला अमेरिकाले चीनविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएको छ । ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन् ।
अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको स्थानीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । राष्ट्रिय संकटकाल घोषणा गरिएको अमेरिकामा चिनियाँ विधिसँगै र स्वास्थ्य सामाग्रीको माग बढेको छ । तर अमेरिकी अधिकारीहरुले चिनियाँ सहयोगलाई अस्वीकार गर्दै आएका छन् । जसको कारण अमेरिकामा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ ।
चिनियाँ सहयोग स्वीकार गर्न राष्ट्रपति ट्रम्पलाई दवाव बढिरहेको छ । चीनले सहयोगलाई कुटनीतिक हतियार नभएर मानविय हिसाबले गर्न चाहेको बताएको छ । चीनले कोरोनाबारे घृणास्पद अभिव्यक्ति दिन छोडेर सहयोग लिन आग्रह गरेको छ । अमेरिकाबाट चीनसँग ७ लाख ९० हजार थान भेन्टिलेटर माग भएको छ । कोरोना नियन्त्रणमा अनुभव प्राप्त चिनियाँ चिकित्सकहरुले पनि अमेरिकीलाई सहयोग गर्न चाहिरहेका छन् ।
कोरोनाभाइरसको संक्रमणले विश्वशक्तिमा ठूलो फेरबदल ल्याउने विश्लेषण सुरु भएको छ । अहिलेसम्म पहिलो शक्तिमा अमेरिकालाई मानिदै आएको थियो तर त्यो अब नरहने अनुमान गरिएको छ । चीनले अमेरिकालाई कोरोना नियन्त्रण गर्न सहयोग गर्न तयार रहेको भनेपछि यसमा थप बल पुगेको छ । अब विश्वशक्तिको पहिलो नम्बरमा चीन उदाउँने सम्भावना झनझन बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार विश्लेषण गर्न थालिएको छ ।