Logo

ललितपुरबाट विप्लवका माइला दाई जयन्द्र चन्द सहित ६ जना पक्राउ


141 Views

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ६ जना नेता, कार्यकर्ताहरु हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लवका माइला दाई जयन्द्र चन्द समेत रहेको प्रहरीले बताएको छ ।

नेकपा विप्लवलका गतिविधिहरु ठिक नभएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि विभिन्न स्थानहरुबाट उसका नेता, कार्यकर्ताहरु पक्राउ पर्ने क्रम चलिरहेको छ ।

विप्लवले आफ्ना दाई र अन्य नेता, कार्यकर्ताहरु पक्राउ परेको विषयमा अहिलेसम्म कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुलाई आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लवका माइला दाई जयन्द्र चन्दसमेत रहेको अनुसन्धान प्रकृयाबाट खुल्न आएको प्रहरीले बताएकाृ छ ।

पक्राउ परेका चन्द नेकपा निकटको नेपाल गणतान्त्रिक खेलकुद महासंघको अध्यक्ष रहेको बुझिएको छ । प्रहरीले उनीहरुमाथी थप अनुसन्धान चलिरहेको बताएको छ ।

यसअघि नेकपाका रौतहट जिल्ला इन्चार्ज कुमार राई ‘सङ्केत’ र जिल्ला सदस्य कमल गुरुङ ‘जगत’ लगाएतका नेताहरु समेत पक्राउ परेका थिए । त्यसैगरी प्रहरीले विप्लवका जेठा दाई वीरजंग चन्दलाई समेत यसअघि दाङबाट पक्राउ गरिसकेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347