Logo

नेकपा ( माओवादी केन्द्र)को चैत २४ गतेको राष्ट्रीय कार्यकर्ता भेला स्थगित गर्दै ´कोरोना रोग प्रतिरोध व्यवस्थापन समिति` गठन गर्‍यो


461 Views

शान्ती सङ्घर्ष

नेकपा ( माओवादी केन्द्र) पार्टिले बिशेष अनुरोध गर्दै विश्वब्यापी कोरोना भाइरसको प्रकोपका कारण आसन्न चैत २४ गतेको राष्ट्रीय कार्यकर्ता भेला स्थगित गरेको छ । साथै परिस्थिति अनुकुल हुनसाथ प्रदेशस्तरमा देशभक्त जनसास्कृतिक अभियान सन्चालन तयारीको अनुरोध गरेको छ ।

र, प्रदेश पार्टी मार्फत युवा कम्युनिस्ट लिग ( वाइसिएल)का कमरेडहरुलाई सम्भव स्थानमा ´जनसेवक टोली` निर्माण गरी जनस्वास्थ्य व्यवस्थापन कार्यमा लाग्न निर्देशन दिएको छ ।

नेकपा ( माओवादी केन्द्र) पार्टिको अध्यक्ष गोपाल किरातीद्व्रारा गरिएको बिशेष अनुरोध सुचनामा भनिएको छ,  ‘विश्वब्यापी कोरोना भाइरसको प्रकोपका यस पार्टिले धैर्यता र सचेततापूर्वक आ- आफ्नो घर डेरामा बसी भाइरस सङ्क्रमण बिरुद्द जुझ्न पार्टी सदस्य र नागरिक सबैमा विशेष आग्रह गरेको छ भने महामरी भाईरस बिरुद्धा लड्न पार्टी महासचिव क. कर्णजीत बुढाथोकीको सङयोजकत्वमा ´कोरोना रोग प्रतिरोध व्यवस्थापन समिति` गठन गरिएको छ ।’

साथै दैनिक ज्यालादारीमा निर्भर सुकुमवासी लगायत श्रमिकहरुको प्रत्यक परिवारलाई न्युनतम दैनिक रु । १,०००- कोरोना भाइरस प्रकोप ब्यवस्थापन राहत उपलब्ध गराउन तीनै तहको सरकार समक्ष विशेष माग गरिएको छ ।

यस विश्वब्यापी कोरोना भाइरसको प्रकोपमा हो-हल्ला र प्रचार भन्दा वास्तविक काममा केन्द्रीत हुन सङ्घीय सरकारलाई चेतावनी सहित सुझाव समेत नेकपा ( माओवादी केन्द्र) पार्टिले दिएको छ । र, सबै नेपालीलाई उपायोगी र ज्ञानबर्दक कार्यमा लाग्न समेत आहान गरेको छ । जानकारहरु भन्छन नेपाल कोरोनाको उच्च जोखिम मुकुक हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347