Logo

कोरोनाको कहरले मारमा पर्ने भो रेमिट्यान्स अर्थतन्त्र


–निनाम कुलुङ ‘मंगले’

विश्वका धेरै देशको अर्थतन्त्र विदेशमा गएर कमाई गर्ने आप्mना देशका नागरिहरुले कमाएर पठाएको ज्याला वा भनौं मासिक आमदानीले धानेको छ । जसलाई वृहद् अर्थमा विप्रेषण अथवा अंग्रेजीमा रेमिट्यान्स भन्ने गरिन्छ । नेपालमा पनि विगत केही वर्षदेखि विभिन्न देशमा गएर कमाई गर्ने नेपालीहरु आप्mनो देशमा कमाई गरेर पठाएको ज्याला वा भनौं मासिक आमदानीले धेरैको घर खर्च धानेको छ वा भनौं गर्जो टर्ने गरेको छ । यसरी हेर्दा नेपालको समग्र अर्थतन्त्रमा विप्रेषण अर्थात् रेमीट्यान्सले ठूलो भरथेग गरेको देखिन्छ ।

तर, लगभग एक महिनाअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकको आधारमा हेर्दा नेपाल भित्रिएको रेमीट्यान्स आप्रवाहले ओरालो बाटो समातेको झल्को दिएको देखिन्छ । किनभने, देशको केन्द्रीय बैंक राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को ७ महिना र गत आर्थिक वर्ष २०७६/०७७ को ७ महिनाको तुलना गर्दै निकालेको प्रतिवेदन वा भनौं अध्ययनअनुसार आर्थिक वर्ष २०७५/०७६ को ७ महिनाको तुलनामा र आर्थिक वर्ष २०७६/०७७ को ७ महिनामा नेपाल भित्रिने रेमीट्यान्स ०.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ को ७ महिनामा ५ खर्ब ७९ अर्ब ९४ करोड विप्रेषण नेपाल भित्रिएको थियो भने, आर्थिक वर्ष २०७६/०७७ को ७ महिनामा ५ खर्ब १३ अर्ब २१ करोड विप्रेषण नेपाल भित्रिएको छ । हुन त यो तथ्यांकलाई अंकमै दाँजेर हेर्दा त्यति नराम्रो मान्नुपर्ने कारण छैन । त्यसो त आर्थिक वर्ष २०७६/०७७ मा लगातार अमेरिकी डलरको भाऊ बढेकोले गर्दा पनि गत आर्थिक वर्षको ७ र चालु अर्थिक वर्षको ७ महिनाको अवधिमा लगभग ५३ अर्ब रुपैँया कम विपे्रषण आप्रवाह भएको भए तापनि ०.५ प्रतिशत रकमको मात्रै अन्तर भएको देखिएको हो । आर्थिक वर्ष २०७५/०७६ को ७ महिना र चालु आर्थिक वर्षको ७ महिनामा श्रम गर्न विदेश गएका नेपालीहरुको संख्याको आधारमा तुलना गरेर हेर्दा भने यो तथ्यांकलाई राम्रो भन्न सकिन्न । किनभने, राष्ट्र बैंकले निकालेको आर्थिक वर्ष २०७५/०७६ को ७ महिनाको तुलनामा र आर्थिक वर्ष २०७६/०७७ को ७ महिनामा श्रम गर्न विदेश गएका नेपालीहरुको संख्या २१.७ ले बढेको देखिन्छ ।

विगत लामो समयदेखि के हिमाल ?, के पहाड ?, के भित्री मधेस ?, के मधेस ?, के पश्चिम ?, के पूर्व ?, के सहर ?, के गाऊँ ?, के गरिब वर्ग ?, के मध्यम वर्ग ?, के धनी वर्ग ? हरेक नेपालीको घर–घरमा आर्थिक रुपमा भरथेग गर्ने एउटा मुख्य आधार वा माध्यम बन्दै गएको छ ‘–आप्mनो घरबाट वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्य र उसले कामएर पठाएको कमाई अर्थात् रेमिट्यान्स ।’

अब तुलना गरेर हेरौं कि, नेपालमा कुन क्षेत्र, वर्ग, लिंग, जात वा समुदायका मान्छेहरुले विदेशमा गएर धेरै कमाई गरी रेमिट्यान्स पठाई रहेका छन् ? यस सन्दर्भमा हेर्दा नेपालभित्र रेमिट्यान्स् भित्र्याउनेमा सबैभन्दा धेरै मधेसी समुदायको योगदान रहेको देखिन्छ । नेपाल भित्रिने रेमिट्यान्स्को सम्पूर्ण अंशमा मधेसी समुदायले ३९.०७ प्रतिशतको योगदान गरेको देखिन्छ भने दलित समुदायको योगदान ३७.०२ प्रतिशत, आदिवासी जनजातिको ३४.०८ प्रतिशत, बाहुन क्षेत्री लगायत खस आर्य समुदायको ३४.०६ प्रतिशत योगदान रहेको देखिन्छ । त्यस्तै यसरी विदेशमा गएर कमाई गरी रेमिट्यान्स पठाउने समुदायहरुको गरिबीको रेखामुनीको प्रतिशत (दर) हेर्दा सबैभन्दा धेरै दलितको समुदायको गरिबी दर ४७ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा कम बाहुन क्षेत्री लगायत खस आर्य समुदायको गरिबी दर १९ प्रतिशत रहेको छ । त्यस्तै मधेसी समुदायको गरिबी दर २१ प्रतिशत रहेको छ भने उता आदिवासी जनजातिको गरिबीकोे दर दोस्रो अर्थात् ४४ प्रतिशत रहेको छ । नेपालीहरुले कामदारको रुपमा विभिन्न देश गएर कमाई गरी पैसा नेपाल पठाएको रकमको सन्दर्भमा भन्नु पर्दा अन्तर्राष्ट्रिय रुपमा हेर्दा सन् २०१४÷०१५ मा विश्व बैंकले निकालेको एक प्रतिवेदन अनुसार विदेशमा काम गर्ने नेपालीहरुले सन् २०१४÷०१५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २९.२ प्रतिशत रकम अर्थात् रेमिट्यान्स् आफ्नो देश (नेपाल) पठाएका थिए । यसरी सन् २०१४÷०१५ मा जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भित्र्याउने पाँच देशमा नेपाल तेस्रो स्थानमा रहन सफल भएको थियो । पहिलोमा ताजिकिस्तान ४१.०७ प्रतिशत, दोस्रोमा किर्गिस्तान ३०.०३ प्रतिशत, तेस्रोमा नेपाल २९.०२ प्रतिशत, चौथोमा टोगा २७.०९ प्रतिशत र पाँचौंमा मोल्दोभा २६.०२ प्रतिशत रहेको थियो ।

विगत लामो समयदेखि के हिमाल ?, के पहाड ?, के भित्री मधेस ?, के मधेस ?, के पश्चिम ?, के पूर्व ?, के सहर ?, के गाऊँ ?, के गरिब वर्ग ?, के मध्यम वर्ग ?, के धनी वर्ग ? हरेक नेपालीको घर–घरमा आर्थिक रुपमा भरथेग गर्ने एउटा मुख्य आधार वा माध्यम बन्दै गएको छ ‘–आप्mनो घरबाट वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्य र उसले कामएर पठाएको कमाई अर्थात् रेमिट्यान्स ।’ फरक यत्ति छ, मध्यम वर्ग/धनी वर्गका मानिसहरु कम्तिमा ४०/४५ लाखदेखि ७०/८० लाखसम्म दलाललाई तिरेर विभिन्न आवरणमा खासगरी धनी देश वा भनौं कमाई राम्रो हुने देशमा जाने नेपालीहरु छन् । जो शरणार्थी, द्धन्द पीडित, भूकम्प पीडित आदिको आवरणमा जान्छन् । यस्तो देशहरुमा युरोप महादेशका विभिन्न देश र जापान, अमेरिका लगयात देशहरु रहेका छन् भने गरिव वर्गका मानिसहरु पनि कम्तिमा ९०/९५ हजारदेखि १ लाख ४०/५० हजारसम्म तिरेर मलेसिया, साउदी अरब, युनाइटेड अरब इमिरेटस् (युएई), कतार, कुवेत, बहराइन, ओमान आदि देश जाने गरेका छन् । हुन त कतिपयले अभैm पनि दुबई भन्नाले खाडीको कुनै अलग्गै देश हो भन्ने बुभ्mने गरेका छन् । जबकि दुबई भन्नाले युनाइटेड अरब इमिरेट्सको एउटा भाग वा संघ अन्तर्गत रहेको अलग्गै राज्य मात्रै हो, देश होइन । स्मरणीय छ, युएईमा ५ वटा संघ (इमिरेटस्) हरु रहेका छन् । जस्तै अबुधावी, दुबई, शारजहाः फुजेइराः र अलअइन । तिनै पाँच राज्य वा संघमध्ये एक हो ‘–दुबई ।’

रेमिट्यान्सको कुरो गर्दा केही समय यता वैदेशिक रोजगारीको क्षेत्रमा अनेक खाले चुनौती र विकृतिको चाङ्ले घेरिन पुगेको देखिन्छ । हन पनि हालसम्म नेपालका कुनाकाप्चासम्म वैदेशिक रोजगारले जसोतसो घरपरिवार धानेको देखिन्छ । वैदेशिक रोगारमा गएका घरपरिवारका एक वा दुई सदस्यले घर धानेको देखिन्छ । खासगरी राम्रो कमाई हुने र वचत गर्न सक्नेले घर–घडेरीसम्म जोडेको पनि देखिन्छ ।  समग्र वैदेशिक रोजगारीका बारेमा विभिन्न तथ्य÷तथ्याङ्कहरुलाई आधार मानेर भन्नु पर्दा नकारात्मक भन्दा सकारात्मक पाटो नै धेरै छ भन्न सकिन्छ । नेपालीहरुले कामदारको रुपमा विभिन्न देश गएर कमाई गरी पैसा पठाएको रकमको सन्दर्भमा भन्नु पर्दा अन्तर्राष्ट्रिय रुपमा हेर्दा सन् २०१४÷०१५ मा विश्व बैंकले निकालेको एक प्रतिवेदनअनुसार विदेशमा काम गर्ने नेपालीहरुले सन् २०१४÷०१५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २९.२ प्रतिशत रकम अर्थात् रेमिट्यान्स् आफ्नो देश (नेपाल) पठाएका थिए । यसरी सन् २०१४/०१५ मा जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भित्र्याउने पाँच देशमा नेपाल तेस्रो स्थानमा रहेको थियो । पहिलोमा ताजिकिस्तान ४१.०७ प्रतिशत, दोस्रोमा किर्गिस्तान ३०.०३ प्रतिशत, तेस्रोमा नेपाल २९.०२ प्रतिशत, चौथोमा टोगा २७.०९ प्रतिशत र पाँचौंमा मोल्दोभा २६.०२ प्रतिशत रहेको थियो । (स्रोतः विश्व बैंक)

स्मरणीय के छ भने २०१४/०१५ मा यसरी जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भित्र्याउने पाँच देशहरुमा ताजिकिस्तान, किर्गिस्तान र मोल्दोभा पूर्व सोभियत संघसम्वद्ध देशहरु हुन् । खासमा नेपालमा केही समय यता वैदेशिक रोजगारीको क्षेत्रमा गएका नेपाली कामदारहरुले कमाएर पठाउने रेमिट्यान्स् दर घट्ने–बढ्ने भई रहेको देखिन्छ । जस्तो गत भदौताका आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ को भदौ महिनासम्म नेपाल भित्रिएको रेमिट्यान्स दर लगभग १७ प्रतिशतले बढेको थियो भने, हालै (मंसिरको पहिलो हप्ता) प्रकाशित तथ्यांकअनुसार भने, नेपाल भित्रिएको रेमिट्यान्स् दर लगभग ६ (४.९) प्रतिशतले घटेको छ । सन् २०१९ को डिसेम्बर अन्तिमा चीनको हुपेइ÷हुबेइ प्रान्तको राजधानी वुहान/बुहान सहरबाट सुरु भएको नोबेल कोरोनाभाइरस (कोभिड–१९) हाल विश्वको १ सय ६२ भन्दा बढी देशमा पैmलिएको र पैmलने क्रम जारी नै रहेको र, यही नोबेल कोरोनाभाइरस (कोभिड–१९) कै कारण ५ हजार ४ सयभन्दा बढीले ज्यान समेत गुमाइसकेको कारण दर्शाउँदै विभिन्न देशले आप्mनो देशमा हवाई लगायत अन्य यातायातलाई अस्थाई रुपमा प्रतिवन्ध नै लगाउन थालेका छन्, सीमा नाकासमेत अनिश्चितकालका लागि बन्द गरेका छन् । हालै नेपाल सरकारले पनि विश्वका नोबेल कोरोनाभाइरस प्रभावित ५५ देशका नागरिकहरुलाई नेपाल प्रवेशमा अस्थाइृ रुपमा प्रतिवन्ध लगाएको छ भने, केही देशले नेपालमा गर्दै आएको आप्mनो हवाई उडानलाई अनिश्चितकालका लागि स्थगित गरी सकेका छन् ।

ninamkirat123@gmail.com

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्