Logo

प्रेस सेन्टरद्धारा कोरोना संकट न्यूनिकरणलागि पत्रकारलाई विशेष स्वास्थ्य उपकरणको माग (विज्ञप्तीसहित)


अरुणा मानन्धर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकट न्यूनिकरणलागि अनिर्वाय रुपमा पत्रकारलाई विशेष स्वास्थ्य उपकरणको उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले आज कोरोनाभाइरसको माहामारीले भित्राएको संकट न्यूनिकरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएपनि समाचार लेख्न फिल्डमा निस्कने पत्रकारहरुकै स्वास्थ्य जोखिमताको विषयमा राख्य गम्भीर नभएको भन्दै प्रेस वक्तव्य मार्फत त्यस्तो माग गरेका हुन ।

अध्यक्ष जैसीले चीनबाट शुरु भएको उक्त भाइरसको संक्रमण पछिल्लो समय अर्को छिमेकी राष्ट भारतमा समेत फैलिएको जनाउँदै त्यसले नेपालमा उच्च जोखिम निम्तने सम्भापना हरेको भन्दै चिन्ता समेत गरेका छन ।

उनले सरकारले अघि सारेको कोरोनाभारइस न्युनिकरणको नीतिलाई सफल कार्यान्वयन गर्दै, विश्वका अन्य देशमा भैरहेको प्रयासबाट पाठ सिक्दै अघि बढ्न सकेमा त्यसको जोखिम घटाउन सकिने विश्वास समेत व्यक्त गरेका छन । उनले जोखिम न्यूनिकरणको लागि राज्य र नागरिकका सबै क्षेत्रको सहयोग, साथ महत्वपूर्ण हुने बताएका छन ।

संकटको अवस्थामा अत्यावधिक आवश्यकताका वस्तुको बजारमा कृतिम अभाव हुन सक्ने, कालाबजारी, महंगी बढ्न सक्ने प्रति संकेत गर्दै उनले राज्यलाई त्यसतर्फ सचेत समेत गराएका छन । उनले संकटपूर्ण अवस्थामा समेत सत्य जानकारी दिनको लागि दिनरात समाचारमा खट्ने पत्रकारहरुको लागि विशेष स्वास्थ्य उपकरणको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन ।

भाइरस संक्रमणको न्यूनिकरणबारे संगठनले तयार पारेको जनहितमा जारी सूचना, अन्य सचेतनामूलक जानकारीहरुको व्यापक प्रचार प्रसार गर्न अनुरोध गदै उनले समाचार सम्प्रेषणमा निरन्तर खटिएका पत्रकारहरुप्रति संगठनको तर्फबाट आभार समेत व्यक्त गरेका छन ।

पत्रकारको लागि विशेष स्वाथ्य उपकरणको व्यवस्था लगाएत विभिन्न पाँच बुदें मागहरु समेट्दै सार्वजनिक गरिएको उक्त विज्ञप्ती मार्फत प्रेस सेन्टर नेपालले गम्भीरतापूर्वक त्यसको कार्यान्वयमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

प्रेस सेन्टर नेपाल
केन्द्रीय समिति
प्रेस–वक्तव्य

कोरोना संक्रमण फैलिरहेको अवस्थामा रिपोर्टिङमा निस्कने पत्रकारको लागि जोखिममुक्त विधि अपनाऔं !
संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाऔं ! जनहितमा जारी संन्देशहरु व्यापक प्रचार–प्रसार गरौं !!

विश्वभर महामारिको रुपमा फैलिरहेको नोवेल कोरोनाभाइरस नियन्त्रणको प्रयास अझै सफल हुन सकिरहेको अवस्था छैन । विश्व स्वास्थ्य संङ्गठन लगाएत सम्बद्ध निकायहरु त्यसको खोज, अनुसन्धान, नियन्त्रण तथा जोखिम न्यूनिकरणको काममा जुटिराखेका छन् । कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म करिब दुई लाख ४५ हजार ६१ भन्दा बढी मानिसहरु उपचारको क्रममा रहेका छन भने दश हजार भन्दा बढीको मृत्यु भैसकेको छ । छिमेकी देश चिनको हुवेइ शहरबाट शुरु भएको उक्त महामारीको उच्च असर अर्को छिमेकी देश भारतमा समेत फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म नेपालमा ५४६ जनाले नमुना परीक्षण गरेकोमा ५४५ जनामा नेगेटिभ र १ जनामा मात्र पोजिटिभ पाइएको छ, साथै उनको पनि हाल स्वास्थ्य लाभयुक्त अवस्था छ । धेरै नागरिकहरुमा संक्रमणको आशंकाले नमुना परिक्षण गराउने क्रम चलिरहेको छ । यसरी विश्वभर स्वास्थ्य आतंकको रुपमा फैलिएको उक्त भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले अघिसारेको सुरक्षा व्यवस्था नीतिको प्रभावकारी कार्यान्वय मार्फत भाइरसको संक्रमणबाट बाँच्ने र बचाउने अभियानमा राज्यका निकायहरु, राजनीतिक दलहरु, सामाजिक संघ संस्था, अभियन्ता, चिकित्सक, पत्रकार, कलाकार, लेखक, बुद्धिजिवि लगायत आम नागरिकको भूमिका महत्वपूर्ण रहने हाम्रो ठहर छ ।

सरकारले विपद्बाट जोगिनका लागि भेला, गोष्ठि बन्द गर्न निर्देशन दिएको छ भने देशैभरका अदालतहरु समेत बन्द गरिने भएका छन् । त्यसले अन्य प्रशासनिक निकाय, बैंकिङ्ग क्षेत्र, उद्योग, व्यावसायमा प्रभाव पारेको छ । भयावहको यस्तो अवस्थामा अत्याधिक आवश्यकताका वस्तुहरुको बजारमा कृतिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने, मिसावट गर्ने, नागरिकलाई अनावश्यक अभाव र महंगीमा धकल्ने खालका कार्यहरु समेत हुने सम्भावना देखिन्छ । यस्तो अवस्थामा भैरहेका सबै सत्य, तथ्य जानकारी सम्प्रेषण गर्दै नागरिक र राज्यलाई सही सूचना दिने काम आम सञ्चार माध्यमहरु र त्यसका कार्यरत श्रमजिवि पत्रकारहरुले गर्दैआएका छन । संक्रमणबाट ज्यान रक्षाको प्रश्न गम्भीर बन्दै गएको अवस्थामा समेत देश र नागरिकलाई सत्य समाचार दिन खटिरहेका आम श्रमजिवि पत्रकार, सञ्चारमाध्यमहरु प्रति हाम्रो संगठन हार्दिक आभार व्यक्त गर्दछ । साथै समाचार रिपोटिङको क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन तथा संक्रमण न्यूनिकरणबारे संगठनले तयार पारेको र प्राप्त हुने अरु सबै जानकारीको व्यापक प्रचार गर्नका लागि समेत संगठनका नेता, कार्यकर्ताहरु र आम पत्रकारहरुमा हामी अनुरोध गर्दछौ ।

अतः यो त्राशपूर्ण एवं संकटको अवस्थाबाट ‘आफु र अरुलाई पनि बचाउने’ उपायहरु, सतर्कताहरुका साथै देश तथा विश्वभरका समाचारहरु सम्प्रेषणको कार्यमा जुटिरहेका आमपत्रकारहरु यतिबेला उच्च स्वास्थ्य संकटको खतरामा पुग्ने संम्भावना छ । यस्तो अवस्थामा पत्रकारीता जगतको भूमिका अत्यन्त महत्वपूर्ण हुने, साथै पत्रकारको स्वास्थ्य अवस्थामा जोखिम पनि उच्च देखिन्छ । हाम्रो संगठन सरकारसँग कोरोनाभाइरस सक्रमणको जोखिम न्यूनिकरणबारे राज्यले अघि सारेको नीति कार्यान्वयनको सन्दर्भमा पत्रकारीता क्षेत्रलाई समेत जोखिममुक्त उपकरण, सामाग्री र विधिको विशेष व्यवस्था सहित राष्ट्रको हितमा परिचालन गर्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछ । साथै हाम्रो संगठन राज्य समक्ष कोरोनाभाइरस संक्रमण, जोखिम न्यूनिकरणको लागि खटिने पत्रकारहरुको लागि निम्न बुदाँगत मागहरु अघि सार्दछ । त्यसको कार्यान्वयका लागि सरकार र सम्बद्ध निकायहरुसँग जोडदार माग गर्दछौं ।

१. पत्रकारहरुलाई भाइरस सक्रमणको जोखिमयुक्त विधि (परामर्श) को व्यवस्था गर्ने ।
२. फिल्डमा निस्कने पत्रकारहरुको लागि अनिवार्य स्वास्थ्य उपकरण (अनिवार्य स्वास्थ्य सामाग्रीहरु, मास्क, भाइरस नाश गर्ने औषधि लगायत) को सहज उपयोगको व्यवस्था गर्ने ।
३. रिपोटिङ्गमा खटिएका पत्रकारहरुको उपचारको लागि विशेष कोषको प्रबन्ध गर्ने ।
४. चिकित्सक, सुरक्षा निकाय, पत्रकार लगायतको एक विशेष परिचालन टिमको अभ्यास गर्ने ।
५. भाइरसको संक्रमणबाट जोगिन विश्वका अन्य देशमा गरिएका अभ्यासहरु, भैरहेको उपचार विधिको प्रयोग, हाम्रो देशमा गरिएको प्रयास लगायतका विषयमा पत्रकारहरुलाई सहज जानकारी दिन प्रभावकारी व्यवस्थापन गर्ने ।

मितिः २०७६ १२ ०७

…………..
लोकराज जैसी
अध्यक्ष
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्