Logo

‘जेल पनि सहुँला’ बोलको गीतसँगै म्युजिक भिडियो सार्वजनिक


काठमाडौ – पछिल्लो समयकि चर्तित तथा ब्यस्त गायिका मेलिना राई तथा बल बहादुर राजवंशीको  स्वरमा रहेको ‘जेल पनि सहुँला’ बोलको गीतसँगै म्युजिक भिडियो सार्वजनिक भएको छ । भोइस अफ नेपालमा चर्चामा रहन सफल गायक राजवंशी पछिल्लो समयमा एक पछि अर्को गर्दै राम्रा गीतहरु बजारमा ल्याई रहेका छन् ।

गीतमा रोहन पौडेल जनकको शब्द हरि लम्सालको संगीत  रहेको छ । सार्वजनिक  भिडियोमा जीवन भट्टराई लक्ष्मी बर्देवा र राज खडकाको अभिनय रहेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका हुन्। म्युजिक भिडियोको  निर्देशन जीवन र लक्ष्मीले संयुक्त रुपमा गरेका छन् ।

निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतको  भिडियोमा लक्ष्मी र जीवनको प्रेममा आउने उतारचढाबलाई प्रस्तुत गरिएको छ । पछिल्लो समयका युवापुस्तालाई लक्षित गरि तयार पारिएको गीतमा  कलाकारहरुको अभिनय तारिफयोग्य रहेको छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्