Logo

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइनस्थल तोकियो


नवराज कार्की

ओखलढुंगा । कोरोना भाइरसको संभावित संक्रमणको रोकथामका लागि जिल्लाका तीन ठाउँमा क्वारेन्टाइनस्थल तोकिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट क्वारेन्टाइनस्थल तोकिएको हो ।

तोकिएका तीनवटै क्वारेन्टाइनस्थल सिद्धिचरण नगरपालिकाभित्र रहेका छन् । क्वारेनटाइनस्थल ओखलढुंगा सामुदायिक अस्पताल, जिल्ला अस्पताल रुमजाटार र ओखलढुंगा क्याम्पस ओखलढुंगामा तोकिएको छ । यी तीनै ठाउँमा आइसोलेसन शैय्याहरु व्यवस्था गर्नका लागि उच्च तयारी समेत थाल्ने निर्णय भएको छ ।

आइसोलेसन निर्माणको संयोजनको जिम्मा सिद्धिचरण नगरपालिका, रुम्जाटार अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय रुम्जाटार र नेपाल रेडक्रस सोसाइटीलाई दिइएको छ । बैठकबाटै सबै पालिकाका कार्यालयलाई आआफ्नो क्षेत्रमा रहेका कम्तीमा एक विद्यालयलाई आइसोलेसन तोकी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिने निर्णय समेत भएको छ ।

बैठकमा समन्वय प्रमुखसहित सिद्धिचरण नगपालिकाकाका मेयर मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, नगपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलगायत अन्य जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय टोल विकास संस्था, आमा समूह, सहकारी, बैंकर्स, क्लब तथा गुठीका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । (ओखलढुङ्गा खबारबाट)

गाउपालिकाको सार्वजनिक अपिल

चम्पादेवी गाउँपालिकाले थाल्यो घुम्ती कार्यपालिका बैठक

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले घुम्ती कार्यपालिका बैठक थालेको छ । चम्पादेवी गाउँपालिकाको वडा नं ८ को वडा कार्यालयबाट पहिलोपटक घुम्ती कार्यपालिका बैठकको सुरुवात गरिएको हो ।

घुम्ती कार्यपालिका बैठक हरेक पटक फरक फरक वडामा गर्ने  निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता अजय लुइटेलले बताए । वडा कार्यालयमा बसेको कार्यपालिका बैठकले कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, चैत २० गते गाउँपालिकाको गाउँसभा गर्नेलगायतका निर्णय गरिएको लुइटेलको भनाई छ । आउँदो बैठक वडा नं १० मा गर्ने तयारी गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्