Logo

महाकुलुङ गाउँपालिकामा आइसोलेसन वार्ड स्थापना गरिने


43 Views

कोरोना भाईरस संक्रमणको जोखिम बढेसंगै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले बुङ स्थित प्राथमिक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने भएको छ ।

सामुदायिक सचेतना कार्यक्रमलाई जारी राखेको गाउँपालिकाले वडा नंं २ पेल्माङ स्थित सोम्रो डाँडालाई क्वारेन्टाईन एरिया तोकेको छ भने गाउँपालिका अध्यक्ष सागर किराँतीको संयोजकत्वमा २७ सदस्सीय कोरोना जोखिम समन्वय समिति गठन गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यले जानकारी दिए ।

Mahakulung rural municipality

स्वास्थ्यकर्मीलाई २४ घण्टा तैनाथ रहन र हरेक दिनको २ बजेसम्म उपचार गर्न आउने बिरामीहरुको विवरण स्वास्थ्य शाखामा अद्यावधिक गराउन अनिवार्य गरिएको छ । स्वास्थ्य शाखाले भाइरस संक्रमणको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347