Logo

डा. भट्टराईलाई जबाफ : नारायणकाजी श्रेष्ठ सिध्याएको माओवादीसँग एकता गरेको हो- बलराम तिमल्सिना


126 Views

बलराम तिमल्सिना

डा. भट्टराई ज्यु, नारायण काजी श्रेष्ठले माओवादी सिध्याएको होइन, बरु सिध्दिएर आएको माओवादीसँग एकता गरेको हो । नारायण काजी श्रेष्ठसँग एकता गर्ने समयसम्म माओवादीको बोक्रो मात्रै वाँकि थियो। चुनवाङ हुँदै दिल्ली झरेर सिल्ली भैसकेको माओवादीसँग नारायण काजी श्रेष्ठले एकता गरेको माओवादी पार्टी बनाउँन थिएन। अनि तपाईहरूले पनि माओवादी बन्न बनाउँन एकता गरेको होइन।ठूलो पार्टी बनेर सत्ता सुखभोग गर्न हो भन्ने कुरा अव प्रष्ट भएन र ?

अनि बड्डा , तपाईले माओवादसँग जोडिएर आउँने मार्क्सवाद लेनिनवाद पनि छोडेर तीन बीसको उमेर कटेपछि नयाँ गर्छु भनेर पूरानै पुँजीवादलाई अँगालो मार्न जाँदा चै माओवादी जोगाएको भयो त ?

तपाई गणतन्त्रवादी हो भन्नेमा कुनै शङ्का छैन। गणतन्त्रको लागि इमान्दार भैदिएको भए तपाई सुरुमै काङ्ग्रेस बन्नु हुन्थ्यो। जति बेला तपाई राजनीतिमा लाग्नु भयो त्यो बेला काङ्ग्रेस संवैधानिक राजतन्त्रको लास बोकेर महादेव हिडे जसरी हिडिरहेको थियो । गणतन्त्र स्थापना गर्न पनि कम्युनिष्ट नै बन्नु पर्ने नेपालको भयानक दुखलाई तपाईले वाध्यात्मक शर्तको रुपमा स्विकार गर्नु भयो र कम्युनिष्ट पार्टीको सदस्य हुँदै नेता बन्नु भयो। अनि जव गणतन्त्र स्थापना भएर त्यसलाई संस्थागत गर्ने संबिधान जारी भयो त्यसपछि तपाई तीन दशक लामो भूमिगत जीवनबाट आफ्नै अवतारमा प्रकट हुनु भयो। तीन दशक सम्म तपाईले कम्युनिष्ट अनुशासन र मर्यादालाई पालना गरेको र युध्दको खतरा समेत उठाउन तयार भएको कुरा चै अद्वितीय छ।

अनि बड्डा , तपाईले माओवादसँग जोडिएर आउँने मार्क्सवाद लेनिनवाद पनि छोडेर तीन बीसको उमेर कटेपछि नयाँ गर्छु भनेर पूरानै पुँजीवादलाई अँगालो मार्न जाँदा चै माओवादी जोगाएको भयो त ?

नेपालका पूँजीवादी नेताहरूमा यस मानेमा तपाई उच्च कोटीको बुर्जुवा नेता हो। तर ऐले आएर नारायण काजीले माओवादी सके अव नेकपा पनि सक्छन भनेर जसरी ट्विट गरेर बस्नु भएको छ त्यसले तपाईको वौध्दिकतालाई संदिग्ध बनाउँछ। बरु तपाईले कसरी कम्युनिष्ट बन्न तयार भएँ, कसरी तीन तीन दशक अर्को बर्गको अनुशासन मानें, कसरी कम्युनिष्ट दर्शन र बिचारधाराको प्रचार पनि गर्दै आफ्नो अधिकतम लक्ष गणतन्त्रसम्म पुग्ने कम्युनिष्टहरूसँग अद्भुत तथा सफल सहकार्य गरें भनेर आत्मकथा लेख्नु भयो भने त्यो राजनीति शास्त्रका विद्यार्थीहरूको लागि अध्ययन तथा ज्ञानको बेजोड खजाना बन्ने छ।

डा. भट्टराईलाई कडा जबाफ : नारायणकाजी श्रेष्ठ सिध्याएको माओवादीसँग एकता गरेको हो- बलराम तिमल्सिना

र अन्तमा कम्युनिष्ट नाम र झण्डा बोकी बोकी माओवादी सिध्याउँने प्रचण्डभन्दा नाम र झण्डा फालेर बेतोडले भागेर आफ्नो स्थायी शिविरमा पुगेको तपाईलाई कमसल ठान्दिन बरु ठीकै ठान्छु। किन कि तपाईहरू दुवैको उद्देश्य कम्युनिष्ट आन्दोलनबाट भाग्नु हो। तपाईलाई किन कमसल ठान्दिन भनेको हो भने, तपाईले – अव देखि म कम्युनिष्ट होइन है भनेर थप भ्रम सिर्जना गर्ने अपराधबाट जोगिनु भयो तर प्रचण्ड अझै भ्रमको व्यापार गर्दै छन। तपाई प्रति एउटा बुर्जुवा नेताप्रति हुने सम्मान बच्न सक्छ तर तपाईले आफ्नो जिन्दगीको रहस्यमय रामकहानी चै जनतालाई राखिदिने शाहस गर्नु पर्यो।

र अन्तमा , तपाईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । (बलराम तिमल्सिनाको फेसबुक वालबाट )

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347