Logo

जनयोद्धाहरुको बलिदानपूर्ण कीर्तिमान जोगाउन क्रान्तिकारी शक्तिहरुको एकता अनिवार्य-मोहन बैद्य


-तुस्मा अधिकारी

काठमाडौं । तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको महान दश बर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका जनयोद्धाहरुको त्याग, तपस्या र बलिदानपूर्ण कीर्तिमान जोगाउनका लागि सच्चा क्रान्तिकारी शक्तिहरुबीच अनिवार्य एकतामा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरण जोड दिएका छन् ।

२२ औँ साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा अखिल नेपाल जनसाँस्कृतिक महासंघ र इच्छुक साँस्कृतकि प्रतिष्ठानको संयुक्त आयोजनामा हिजो काठमाडौंमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै बैद्यले त्यस्तो बताएका हुन ।

घट्टेकुलोस्थित इच्छुक साँस्कृतकि प्रतिष्ठानको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बैद्यले जनयुद्धका योद्धाहरुले जुन सपना देखेका थिए, त्यसको कार्यान्वयका लागि आफ्नो पार्टी निरन्तर जुटिरहेको र त्यसबाट विचलित नहुने भन्दै प्रतिबद्धता समेत जनाए ।

मोहन बैद्य

उनले जनयुद्धको मुल नेतृत्वमा आएको विचलनका कारण चुनुवाङबाट माओवादी आन्दोलन चिप्लिएको भन्दै दशवर्षको जनयुद्धमा जनयोद्धाहरुले त्याग, तपस्या र बलिदानको अद्वितीय कीर्तिमान कायम गर्दै, क्रान्तिकारी शक्तिहरुबीच एकता, रुपान्तरण र संघर्षको प्रकृयाबाट अघि बढ्नुपर्ने बताए ।

उनले महान सहिदहरुको बलिदान र सपनालाई खेर जान नदिन क्रान्तिकारी एकता अनिर्वाय रहेकामा जोड दिदै भने–‘वस्तुगत र आत्मगत दुवै हिसाबले कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समय आएको छ, हामी त्यसका लागि क्रान्तिकारी शक्तिहरुसँग छलफल गरिरहेका छौं ।’

उनले वर्तमान अवस्थामा देखिएका राजनीतिक, आर्थिक, साँस्कृतिक लगाएतका सबैखाले संकटको समाधान क्रान्तिकारी एकता र संघर्षबाट मात्र सम्भव भएको तर्क गरे । उनले क्रान्तिको नयाँ कार्यभार पुरा गर्नका लागि आफ्नो पार्टीले युवाहरुबाट ठूलो अपेक्षा राखेको भन्दै अध्ययनमा ध्यान दिन युवा नेताहरुलाई सुझाव समेत दिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्