Logo

फुलन्देकी आमा को हुन ?


168 Views

काठमाडौं : एक दिन आफू चर्चित हास्य कलाकार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन । दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे।

फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई। देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन। छोटो समयमा नै सबैको प्यारो बन्न सफल राई पछिल्लो समय विभिन्न मिडियाहरु मा अन्तर्वार्ता दिदैमा व्यस्त छन।

यो क्षेत्रमा नयाँ अनुहार भएपनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकामा कारणा उनी रूचाइएका छन्। महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको उनी बताउँछन्। पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने उनको बुझाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347