प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीको परिवार शोकमा (विज्ञप्तीसहित)

-अरुणा मानन्धर
बर्दिया । नेकपा (माओपावी केन्द्र) निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ का केन्द्रीय अध्यक्ष लोकराज जैसीको परिवार अहिले शोकमा परेको छ । प्रेस सेन्टर नेपालले आज संगठनका अध्यक्ष जैसीको शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै एक वक्तव्य समेत सार्वजनिक गरेको छ ।
लामो समयदेखि जनपक्षीय पत्रकारीतामा रहेका प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीका ९१ बर्षिय ठूलाबुवा नन्दकिशोर जोशीको आज बिहान १ः३० बजेतिर बर्दियाको ठाकुरद्धारा नगरपालिका १ भुरिगाउँ स्थित आफ्नो निजि घरमा निधन भएको विज्ञप्तीमा जनाइएको छ ।
संगठनको केन्द्रीय समितिको तर्फबाट शोक वक्तव्य जारी गर्दै संगठनका सचिव भिमबहादुर बिकले शोकाकुल परिवारजनमा समवेदना तथा मृतक बुवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पछिल्लो समय उपचारको क्रममा रहेका मृतक बुवा हालै नेपालगञ्जस्थित मेडिकल कलेजबाट घरमा रिफर भएका थिए । उनको स्वास्थ्यमा सुधार आएकाले घर रिफर गरिएको थियो ।
मृतकको परिवारमा ६ छोरा र दुई जना श्रीमती रहेका छन । उनको अन्तिम श्रद्धाञ्जलीको लागि जिल्लाका वरिष्ट माहनुभाव, राजनीतिज्ञ, कर्मचारी, वुद्धिजिवि, समाजसेवी, आफन्तजन तथा सुभेच्छुकहरुको बाक्लो सहभागिता रहेको थियो ।
उनको पार्थिव शरीरको आज दिउँस बबई घाटमा अन्त्यष्टि गरिएको छ । उक्त क्रममा परवारजन तथा सुभेच्छुकहरुको बाँक्लो उपस्थिति रहेको थियो । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ……..
प्रेस सेन्टर नेपाल
केन्द्रीय समितिविषय: शोक वक्तव्यहाम्रो संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष, जनपक्षीय पत्रकार तथा सामाजिक व्यवस्था रूपान्तरण अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता लोकराज जैसी लोकेशका ठूलाबुवा ९१ बर्षिय नन्दकिशोर जैसीको आज बिहान करिव १स्३० बजे निधन भएको खबरले हामी स्तब्ध भएका छौ । बुवाको निधन प्रदेश पाँच अन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नपा-१ भुरिगाउँ स्थित आफ्नो निजि निवासमा भएको बुझिएको छ ।उहाँ लामो समयदेखि उपचारार्थ हुनुहुन्थ्यो । केही समयअघि मात्र उहाँ नेपालगञ्ज मेडिकल कलेजबाट घर फर्कनुभएको थियो । उहाँ परिश्रममा विश्वास गर्ने, कर्मजिवि हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरको बबईघाटमा अन्त्यष्टि गरिएको छ । बर्दिया जिल्लाका सामाजिक, राजनैतिक, वौद्धिक जमात तथा विशेष्ट महानुभावहरू, आफन्तजन र सुभेच्छुकजन समेत गरी सयौं मानिसहरूले बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।संगठनका अध्यक्ष लोकराज जैसीको शोकाकुल परिवारजनमा संगठनको केन्द्रबाट समिति भावपूर्ण समवेदना सहित बुवाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं ।
मितिस् २०७६/१२/०५