आदिबासी किरात समाज सस्थाले किरात अनुष्ठान साकेलाथान र ट्रस निर्माण गर्दै

सुशाना किराती
आदिबासी किरात समाज गोकर्णेश्वर वडा ९ आरुबारीको अगुवाईमा र गोकर्णेश्वर नगरपालिकाको बिषेश अनुदान सहयोग र किरात समुदायहरुको दान उपहारबाट यस राष्ट्रीय शहिद तथा शान्ति पार्क स्थित जगडोल सामुदायीक बन क्षेत्र भित्र किरात अनुस्थान निर्माणमा हुँदैछ । बिगतको केहि बर्ष देखी नै किरात समुदायले साकेला मनाउदै आएको छ ।
उक्त क्षेत्रमा अनुस्थान निर्माण अहम भूमिका रहेको सुनुवार सेवा समाज गोकर्णेश्वर नगरपालिका नगर समिति र किरात दुमी राई फन्सिक्किम, किरात रदु नाछिरिङ साखाम केन्द्रिय समिती, कुलुगुस्खाम, बाहिङ मुलुखिम, जेरुङ ठुम, बतासे चाम्लिङ समाज , बान्तवा समाज, याम्फु, मेवाहाङ, याक्खा, साङपाङ समाज लगायत आदी १४ किरात समुदाय छन ।
सम्पूर्ण किरात समुदायको संयुक्त अनुष्ठान भूमेथान, श्यादरथान र किरात ट्रस निर्माणको अन्तिम चरणमा भैरहेको जानकारी आदिबासी किरात समाज गोकर्णेश्वर सस्थाको सचिब नैन सेटाल्चु जेरुङले बताए ।
सो निर्माण स्थानको अबलोकनमा सामुदायिक बनको अध्यक्ष सुदर्शन सिग्देल र किरात समाजबाट अशोक सुनुवार, बेद प्रसाद सुनुवार, कमल सुनुवार, बम बहादुर राई, रुद्र बहादुर सुनुवारले गरेका छन ।
यस पबित्रस्थानमा किरात ट्रस दुईवटा साकेलाथान (भुमेथान्)र सार्बजनिक रुपमा महिला र पुरुषको सौचलय बनाईदै छ । यो काम आयोजना आदिबासी किरात समाज गोकर्णेश्वर सस्थाले गरेको हो ।