Logo

धरानमा महिला उद्यमीलाई मेगा बैंकबाट प्रशिक्षण


काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरूलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए ।

यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरूले निकै चासो लिएका थिए । महिला उद्यमीहरूलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । यसैगरी, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरू यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।

मेगा बैंक नेपाल लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैँकले ९ वर्ष पुरा गरेको छ । तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको यो बैँकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ। यो बैँकको हालसम्म ६३ वटा जिल्लाहरुमा १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखा रहित बैँङिक केन्द्रहरु छन्। यस बैँकको आफ्नै विप्रेषण प्रविधि ‘मेगा रेमिट’को देशभर लगभग २५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्