Logo

बास्तवमा के हो दर्शनशात्र ? -राजन तिमील्सिना


204 Views

काठ्माण्डौ- दर्शनशात्र एउटा प्राचीन विज्ञान हो । मानव इतिहासका अनेकौं ऐतिहासिक अवस्थाहरु र देशहरूमा विभिन्न प्रकारका सामाजिक वर्गहरु साथै दलहरुका प्रतिनिधिहरुले प्रतिपादित गरेका बहुसंख्यक दार्शनिक प्रणालीहरु देखापरेका छन । यस्ता बहुरुपी दार्शनिक प्रणालीको विवेचना कसरी गर्ने ?, ती प्रणालीहरुको वैज्ञानिक मूल्यांकन कसरी गर्ने ? दार्शनिक चिन्तनको इतिहासमा ती प्रणालीहरु मध्ये प्रत्येकको स्थान कसरी निर्धारण गर्ने ? यी र यस्ता प्रश्नहरूको उत्तर पाउन कुन दार्शनिक प्रणाली र कुन दार्शनिकले दर्शनशास्त्रका आधारभूत प्रश्नहरुको समधान कसरी गर्दैछन भन्ने कुरा बुझ्न आवश्यक छ । मानिसहरूको वरिपरिको जगतको ध्यानपूर्वक अध्ययन गर्ने हो भने त्यस जगतका सबै वस्तु तथा घटनाहरू कि भौतिक कि त आध्यात्मिक छन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ । जे जति कुराहरुको वस्तुपरक रुपमा अर्थात मानिसको चेतना बाहिर र त्यसबाट स्वतन्त्र रुपमा अस्तित्व रहेका छन जस्तो: पृथ्वीका वस्तु र प्रकृयाहरु, ब्राह्मण्डका असंख्यक पिण्डहरु ती सबै भौतिक घटना हुन ।

मानिसको चेतनामा जे जति कुराहरुको अस्तित्व छ, त्यो सबै उसको मनसिक क्रियाकलापको क्षेत्रभित्र पर्दछ। बिचार, भावना र चिन्ता अादि मानिसको बैचारिक र आत्मिक क्षेत्रभित्र पर्दछ । भौतिक र आध्यात्मिकबीचमा के सम्बन्ध छ ? आध्यात्मिक र मानसिकको मूल भौतिक हो वा होइन ? अथवा भौतिकको मूल नै आध्यात्मिक हो कि ? माथिका तमाम प्रश्न र यस सम्बन्धको चरित्रबारे, अस्तित्वप्रति चिन्तन र भौतिकप्रति मानसिकको सम्बन्धबारेको प्रश्न नै दर्शनशास्त्रको आधारभूत प्रश्न हो । यस प्रश्नको जवाफको आधारमा नै जगतको एकत्व, जगतको बिकासका नियमहरुको चरित्र, जगतको बोधका सारतत्व र बाटोहरु इत्यादी अन्य दार्शनिक प्रश्नहरुको पनि समाधान हुन्छ । जगतमा भौतिक तथा बौद्धिक तत्वबाहेक अरु केहि पनि नभएको हुनाले दर्शनशास्त्रको मूल प्रश्नको नै समाधान नगरीकन दार्शनिक प्रणालीको निर्माण गर्न र पूर्णतया जगतको चित्र उतार्न सकिदैन । दर्शनशास्त्रका दुईपक्ष छन । पदार्थ र चेतनामध्ये आदितत्व कुन हो, पदार्थबाट चेतनाको उत्पत्ति भएको हो कि चेतनाले पदार्थलाई जन्माई दिएको हो भन्ने प्रश्नको समाधान पहिलो पक्षमा पर्न आउँछ ।

दोस्रो पक्षमा जगत बोधगम्य छ कि छैन, मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसका नियमहरु पत्ता लगाउन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर सन्निहित छ । दर्शनशास्त्रको मूल प्रश्नको सारतत्वबारे अनुसन्धान गर्दा दुई परस्पर बिरोधी समाधानमात्र सम्भव छ । या त पदार्थलाई आदितत्व मान्न सकिन्छ या त चेतनालाई मान्न सकिन्छ । प्राचीनकालदेखि नै दर्शनशास्त्रमा भौतिकवाद र आध्यात्मवाद/आदर्शवाद गरि मूलभूत दुई धाराहरु देखा परेका छन । पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरुलाई भौतिकवादी दार्शनिक भनिन्छ । उनीहरुको दृष्टिकोणमा पदार्थ शाश्वत छ अर्थात कसैले पनि र कहिल्यै पनि त्यसको सृष्टि गरेका होइन र जगतमा कुनै किसिमको अलौकिक अथवा परलौकिक शक्तिको अस्तित्व छैन । चेतना भने पदार्थको ऐतिहासिक विकासको दीर्घकालीन उपज हो, असाधारण रुपले जटिलतम भौतिक पिण्ड मानिसको मगजको देन होईन। आत्मा, चेतनालाई आदितत्व मान्ने दार्शनिकहरुलाई आध्यात्मवादी भनिन्छ । उनीहरुको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियोे र त्यसैले पदार्थ जन्माएको थियोे अर्थात चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । कुन चेतनाले जगतको सृष्टि गर्दछ भन्ने प्रश्नमा भने आध्यात्मवादीको बीचमा मतभेद छ । तथाकथित आत्मगत अध्यात्मवादीहरु कर्ता अर्थात पृथक ब्यक्तिको चेतनाद्वारा जगतको सृजना गरिन्छ भन्ने बिचार राख्दछन ।

बस्तुगत अध्यात्मवादीहरु कुनै बस्तुगत चेतनाले जगतको सृष्टि गर्दछ भन्ने ब्याख्या गर्दछन । विभिन्न दार्शनिक प्रणालीहरुमा कतै परम भावना त कतै परम ईच्छा ईत्यादीको रुपमा ब्यख्या गरिने त्यस चेतनामा ईश्वरलाई ठम्याउन मुश्किल पर्दैन । दर्शनशास्त्रको मूल प्रश्नको दोस्रो पक्षको समधानमा पनि दार्शनिकहरुको बिचार फरकफरक किसिमको छ । भौतिकवादीहरु जगत बोधगम्य छ भन्ने पुष्टि गर्दछन । जगतको बारेमा मानिसको ज्ञान प्रमाणिक छ, मानिसको बुद्धिबिवेकले बस्तुको आन्तरिक स्वभाव थाहा पाउन सक्दछ, तिनको गति र सारतत्व बुझ्न सक्दछ । कतिपय आध्यात्मवादीहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन । तिनीहरुलाई अज्ञेयवादी भन्दछन । कोही जगतलाई बोधगम्य मान्दछन, तापनि उनीहरु ब्यवहारमा बोधगम्यको स्वभावलाई बंग्याउछन । मानिसले बस्तुगत जगत, प्रकृतिको बोध गर्ने होइन कि आफ्नै बिचार अनुभूतिलाई पो त बोध गर्दछ अथवा रहस्यमय “भावाना” “ब्राह्म” लाई बोध गर्दछ भनि अध्यात्मवादी पुष्टि गर्दछन ।

धर्मले परलोकमा स्वर्गीय जीवनको सुखभोगको आशामा झूण्याएर यस लोकमा धैर्यधारण गर्ने र सहने उपदेश दिन्छ । श्रमजीवीवर्गलाई महत्त्वपूर्ण सामाजिक समस्याको समाधानबाट विचलित पार्दछ । यसले शोषणका बिरुद्ध शान्ति, जनतन्त्र, सामाजिक न्याय र समाजवादको निम्ति हुने संघर्षबाट बिमुख तुल्याउछ साथै दास मानसिकताको खेती गर्दै शोषकहरुसंग समर्पण गराउछ ।

भौतिकवादले जगतको जस्ताको तस्तै चित्रण गर्दै विज्ञानको बिस्वासिलो सहयोगीको रुपमा काम गर्नुका साथै मानव जगतका व्यवहारिक कार्यमा सहयोग पूर्याउछ। बिज्ञानको जगमा नै भौतिकवादको उत्पत्ति र बिकास भएको हो । धर्मसित भौतिकवादको कुनै सम्बन्ध छैन । भौतिक जगतमा गतिशील पदार्थ बहायक कुनै ईश्वरीय शक्तिको अस्तित्व छैन । तथाकथित धर्मका ठेकेदारहरूले सदैव भौतिकवादी सिद्धान्त र त्यसका अनुयायीहरुमाथी बैचारिक र भौतिक हमला गर्दै आएकाछन । भौतिकवाद नै मानव जातिको प्रगति र समृद्धिको प्रगतिशील विश्वदृष्टिकोण हो । दासप्रथात्मक समाजमा प्रजातन्त्रवादी तत्वहरुले दासका स्वामीहरु कुलीनवर्गका बिरुद्धको संघर्षमा भौतिकवादको प्रयोग गरेका थिए । पूँजीवादको स्थापना कालमा पनि भौतिकवादले सामन्त तथा धर्मको बिरुद्ध पूँजीपतिवर्गको बैचारीक अस्त्रको रुपमा काम गरेको थियोे । आजको समयमा पनि भौतिकवादले साम्राज्यवादी प्रतिक्रियावादी विरुद्ध मानवजातिको प्रगतिशील हिस्साको संघर्षमा शक्तिशाली साधन बनेको छ ।

आध्यात्मवाद विज्ञानबिरोधी र जनबिरोधी छ, यसले धर्मको सहारा लिदै शोषण र रुढीवादीताको खेती गर्दै समाजको गतिलाई अबरुद्ध पार्दछ। समाजको रुपान्तरण र प्रगतिलाई भाजो हालि पुरानो मक्किएको समाज र संस्कृतिको जगेर्ना गर्नु उसको मूख्य र अन्तिम सार हो । ईश्वरले जगतको सृष्टि गरेको धार्मिक कथालाई अध्यात्मवादीहरुले विद्वतापूर्ण दार्शनिक वाक्यहरुको पर्दाले छोप्दछन । कहिलेकाही आध्यात्मवादले पनि वैज्ञानिकताको बर्को ओढेको हुन्छ र धर्मले जस्तो अन्धविश्वासको मात्र भरमा नपरीकन मानिसको बुद्धिविवेकमा नै आड लिएको हुन्छ ।आध्यात्मवादले पूँजीपतिवर्ग र शोषकहरुको पक्ष लिदै श्रमिकहरुलाई बैद्धिक दासत्वको साधनको रुपमा हेर्दछन । सामन्तवादी र पूँजीवादी ब्यबस्था जोगाउन धर्म र आध्यात्मवादलको ठूलो भूमिका रहने गर्दछ । समाजको प्रगतिशील रुपान्तरणलाई अबरुद्ध गर्नु यसको मूल ध्येय हुन्छ । धर्मले परलोकमा स्वर्गीय जीवनको सुखभोगको आशामा झूण्याएर यस लोकमा धैर्यधारण गर्ने र सहने उपदेश दिन्छ । श्रमजीवीवर्गलाई महत्त्वपूर्ण सामाजिक समस्याको समाधानबाट विचलित पार्दछ । यसले शोषणका बिरुद्ध शान्ति, जनतन्त्र, सामाजिक न्याय र समाजवादको निम्ति हुने संघर्षबाट बिमुख तुल्याउछ साथै दास मानसिकताको खेती गर्दै शोषकहरुसंग समर्पण गराउछ ।

आध्यात्मवादमा कुनै प्रश्न उठाउन पाईदैन । भौतिकवादले विभिन्न प्रश्नको हल गर्न अनेकौं तर्क वितर्क र संवादबाट नयाँ वैज्ञानिक निष्कर्ष निकाल्न सक्छ । आध्यात्मवादले कुनै वस्तुको निर्माण र अविस्कार गर्न सकेको छैन । भौतिकवादले अन्तरिक्ष पुग्ने रकेटदेखि झुपडीमा प्रयोग हुने रेडियो टिभी मोबाइल लगायत अनेकौं सामाग्रीको अविस्कार गरि मानव जीवनलाई सरल बनाएको छ । आध्यात्मवाद नै उन्नति, विकास र प्रगतिको बाधक हो । मानिसले सामाजिक मूल्यमान्यताको कारण भौतिक विज्ञानको सट्टामा आध्यात्मवाद मानिरहेका छन । जसको कारण समाज विकासमा अवरुद्ध पैदा भएको छ । आजको दुनियाँ विज्ञानका सार्वभौम नियम नबुझी दुनियाँ बदल्न सकिदैन ।

राजन तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)को पार्टी सचिब हुन ।

वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्यको उत्पत्ति अनि बैज्ञानिक साम्यवाद के हो ?

 

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347