Logo

महानगरका उपप्रमुखसँग पैरवी


आदिवासी जनजाति महिला युवा संजालको संयोजनमा ललितपुर महानगरपालीकाको उपमेयरज्यूसमक्ष डेलिगेसन भएका छन् । ललितपुर जिल्ला नेवार आदिवासी जनजातिहरुको जनघनत्व भएर पनि नेवार समूदायहरुले तथा नेवार महिलाहरुले राज्यको स्रोतसाधनहरुमा पहुँच पुग्न सकेको छैन ।

अझ स्थानि सरकार ललितपुर महानगरपालीका भनेको नेवार समूदायहरुको बाहुल्य भएर पनि स्थानिय सरकारको समेत स्रोत लिन नसकेको कारण आदिवासी जनजाति महिलाहरुलाई स्थानिय सरकारको स्रोतमा पुर्याउन आवश्यक समन्वय गरिएको अध्यक्ष रिसाा श्रेष्ठले बताइन ।

नेवार समूदायहरुमा अझै पनि परम्परागत सिप, संस्कृतिहरु रहेको तर हाल मासिंदै गएको अवस्था भएकाले यसलाई जगेर्ना गर्न राज्यले नै आवश्यक पहल गर्नु पर्ने भएको उक्त विषयमा महानगरको ध्याकर्षण गर्न डेलिगेसन गइएको एक सहभागी विमला महर्जनले बताइन ।

डेलिगेसनमा आफ्ना विषयहरु राखेसँगै आगामी दिनहरुमा आदिवासी जनजातिहरु, नेवार समूदाय तथा नेवा समूदायहरुलाई आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता उपमेयरले बताइन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्