Logo

दलित समुदायमा वचत तथा ऋण सहकारी सस्था स्थापना


कृष्णकला राई-:खोटाङ/ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दलित मात्र सहभागी गराई दलित वचत तथा ऋण सहकारी सस्थाको स्थापना सुभराम्भ गरेको छ । पिछाडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि अघि बढाइएको ‘एक वडा एक दलित सहकारी’ अभियान अन्तरगत गाउपालिका स्थित -३ नम्बर छोरम्बुमा दलित वचत तथा ऋण सहकारी स्थापना गरिएको हो । गाउँपालिकाले ५० हजार बीउ पूँजी उपलव्ध गराएपछि स्थापना गरिएको सहकारी सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गर्नुभएको हो ।

७ वडा रहेको गाउँपालिकामा अन्य वडामा पनि क्रमशः दलित सहकारी स्थापनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा पनि दलित सहकारी स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताउनुभयो । सहकारी सञ्चालन सम्वन्धी अभिमुखीकरण, सञ्चालक समिति गठन, नाम जुराउने, विद्यान तयार गर्ने, सहकारी दर्ता, शेयर संकलन लगायतका काममा गाउँपालिकाले नै सहयोग गरेपछि दलित समुदायले सहकारी स्थापनामा जुटेका हुन् ।

गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा बीउ पुँजी स्वरुप ५ लाख रकम विनियोजन गरेको थियो । पालिकाको ७ वटै वडामा ३८० घरधुरी दलित मध्ये गाउपालिकाको तथ्यांकअनुसार वडा नम्बर १ याम्खामा ५४ घरधुरि, वडा नम्बर -२ डाडागाउमा ९२, वडा नम्बर -३ छोरम्बुमा ३८ ,वडा नम्बर -४ बतासेमा ८३, वडा नम्बर ५ सछितापोखरिमा ३५, वडा नम्बर -६ छितापोखरिमा १४ र वडा नम्बर -७ टेम्मामा ६४ घरधुरी संख्या रहेको उल्लेख गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्