Logo

दिनेशको नेतृत्वमा चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति


79 Views

काठमाडौं : दिनेश सिटौलाको नेतृत्वमा नेपाल चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ। नेतृत्व हत्याउने क्रममा सिटौलाले निकटतम प्रतिस्पर्धी डब्बु क्षत्रीलाई पछि पारेका हुन्। रङ्गपत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपाल २०७६ जेष्ठ ७ गते आफ्नो स्थापनाको २० औं वर्षमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न संघको आठौं महाअधिवेशनबाट उपाध्यक्षहरुमा जीवन पराजुली (कार्यक्रमतर्फ) कुवेर डंगोल ( संगठनतर्फ), दीपज्योकति थापा (महिलातर्फ) चयन भएका छन्। महासचिवमा समीर बलामी चुनिएका छन्।सचिवहरुमा रघुनाथ सापकोटा (खुल्लातर्फ) र विशाल राई (जनजातितर्फ) निर्वाचित भएका छन्।

कोषाध्यक्षमा प्रदीप कार्की र सह-कोषाध्यफक्षमा विनोद पोखरेल चुनिएका छन्। सदस्याहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिष’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347