Logo

वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्यको उत्पत्ति अनि बैज्ञानिक साम्यवाद के हो ?


सुमन बाङदेल

माक्र्स–एङ्गेल्सले पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको विजय किन सुनिश्चित छ भन्ने सन्दर्भमा गर्नुभएको पहिलो अनुसन्धान वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ताको उत्पत्तिबारे गरेको अनुसन्धान हो । उहाँहरूले ऐतिहासिक भौतिकवादी अनुसन्धान विधिको प्रयोग गरेर के साबित गर्नुभयो भने मानवसमाजमा कुनै समय वर्गहरू थिएनन्, वर्गसङ्घर्ष थिएन र राज्यसत्ता पनि थिएन । जब मानवसमाजको विकास आधुनिक समाजतिर भयो, त्यसपछि मात्र समाजमा वर्गहरूको जन्म भयो । वर्गहरूको जन्म भएपछि मात्र वर्गसङ्घर्षहरू देखिए र राज्यसत्ताको पनि जन्म हुन पुग्यो । मानव इतिहासअनुसार के पुष्टि भएको छ भने समाजमा १० हजार वर्षपहिलेसम्म वर्ग थिएनन् किनकि त्यसबेलासम्म मानवजातिले अर्थ–उत्पादन कार्यमा निजी स्वामित्व रहने गरी भाग लिइसकेको थिएन । मानवले आफ्नो जीवनयापन वा प्राकृतिक स्रोतमा वा सामूहिक श्रममा निर्भर रहेर पूरा गर्दथ्यो ।

जब मान्छेले श्रमद्वारा आफूलाई आवश्यक पर्ने वस्तुहरू उत्पादन गर्न थाल्यो, त्यसले क्रमशः मान्छेहरूका बीचमा नयाँ अर्थ–सम्बन्ध (माल विनिमयको तहमा) को विकास गर्न थाल्यो । जब ऊ उत्पादन–कार्यमा स्थायी प्रकारले भाग लिन थाल्यो र जीवनका आवश्यकता पूरा गर्ने मालहरू उत्पादन गर्न थाल्यो तब क्रमशः निजी सम्पत्तिको विकास हुन पुग्यो । त्यसमाथि असमान स्वामित्व देखाप¥यो । जब समाजमा निजी सम्पत्ति र असमान स्वामित्वको उत्पत्ति भयो, त्यसपछि समाजमा हुने र नहुने वर्गहरू पैदा हुन पुगे । एकथरी धनी र अर्कोथरी गरिब, एकथरी उत्पीडक र अर्को उत्पीडित, एउटा शासक र अर्को शोषित हुन पुगे । जब समाजमा विपरीत स्वार्थ भएका वर्ग पैदा भए र हुने, शोषक, उत्पीडक, शासकले आफ्नो स्वार्थको रक्षा गर्नुपर्ने भयो, त्यसपछि मात्र शासकवर्गको हित रक्षाका लागि राज्यसत्ता जन्मिन पुग्यो । वर्ग र राज्यसत्तासम्बन्धी यस विकासलाई स्पष्ट पार्दै माक्र्स–एङ्गेल्सले भन्नुभयो, ‘आजसम्म विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो’, (माक्र्स, कम्युनिस्ट घोषणापत्र, पृ । २५) । माक्र्सको उक्त संश्लेषणलाई जोड दिँदै एङ्गेल्सले उल्लेख गर्नुभयो, ‘एकपछि अर्को गर्दै विकसित भएका धनोपार्जनका नयाँ–नयाँ रूपहरूमा अर्थात् धनसञ्चयको निरन्तर अभिवृद्धिमा सर्वव्यापी मान्यताको छापसमेत लगाइदेओस्; त्यस्तो संस्थाको कमी थियो जसले समाजलाई वर्गहरूमा विभाजित गर्ने भर्खरै मात्र सुरु भएको प्रक्रियालाई मात्र नभएर ऐश्वर्य–सम्पन्न वर्गले निर्धनवर्गको शोषण गर्ने अधिकार तथा अघिल्लो वर्गद्वारा पछिल्लोमाथिको आधिपत्यलाई चिरस्थायी तुल्याइदेओस् ।

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवाद अनिवार्य छ भनेर संश्लेषण गर्नुभन्दा पहिले आर्थिक उत्पादन, वर्गको उत्पत्ति, वर्गसङ्घर्ष, राज्यसत्ता र राजनीतिक सभ्यताको उत्पत्ति र विकासबारे केही महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गर्नुभयो । जसले समाजमा वर्ग, राज्यसत्ता, क्रान्तिको विकास कसरी भए र तिनको अन्त्य भएर वैज्ञानिक साम्यवाद कसरी उदाउनेछ भन्ने बोध गराउँदछन् । ती अनुसन्धान निम्न रहेका छन् ः १. वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्य, २. राज्यसत्ता र क्रान्ति, ३. वैज्ञानिक समाजवादी सत्ता र सर्वहारावर्गको अधिनायकत्व, ४. राज्यसत्ताको अन्त्य र साम्यवादी विश्वको निर्माण आदी रहेको छ ।

अनि त्यस्तो संस्थाको प्रादुर्भाव भयो । राज्यको उत्पत्ति भयो’, (एङ्गेल्स, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, पृ । १२९) । लेनिनले माक्र्स–एङ्गेल्सको राज्यबारेको विचारलाई थप पुष्टि गर्दै लेख्नुभयो, ‘यस्तो समय थियो, जतिबेला राज्य हँुदैनथ्यो, जब सामान्य सम्बन्ध स्वयम् समाज, अनुशासन, श्रमको व्यवस्थालाई आदत, परम्पराहरूको बलमा तथा आदर सम्मानद्वारा यथास्थितिमा राखिन्थ्यो, जो कुलपतिहरू वा नारीहरूलाई प्राप्त हुन्थ्यो, उस जमानामा नारीहरूको सबै विषयमा पुरुषहरूको साथ समान अधिकार प्राप्त थियो, अपितु कहिलेकहीँ उनको स्थिति पुरुषहरूको स्थितिभन्दा उच्च हुन्थ्यो’, (लेनिन, हिन्दी खण्ड ९, राज्यका बारेमा, पृ । ७९) । लेनिनले राज्यको उत्तपत्तिबारे थप भन्नुहुन्छ, ‘राज्य त्यस समयमा प्रकट हुन्छ, जहाँ जब वर्गहरूमा समाजको विभाजन प्रकट हुन्छ, जब शोषक तथा शोषित प्रकट हुन्छन् । जस्तो कि तपाईं सबैले बुझ्नुहुन्छ, सैनिकहरूको सशस्त्र दस्ता जेलहरू अरूको इच्छालाई हिंसाबाट वशमा राख्ने साधन जो राज्यको सारतत्व हो’, (लेनिन, हिन्दी खण्ड ९, राज्यको बारेमा, पृ । ७७) । यी भनाइले बुझाउँछन्, समाजमा सम्पत्ति, वर्ग, वर्गसङ्घर्षहरू पैदा भएपछि मात्र त्यसमाथि हस्तक्षेप गर्न र एक वर्गको स्वार्थ रक्षा गर्न राज्यसत्ताको उत्पत्ति भयो । वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ताबारे माक्र्स–एङ्गेल्स–लेनिनले यो दृष्टिकोणको विकास नगर्दासम्म यी सबै विषयलाई दैवी शक्तिको उपज मानिन्थ्यो । दैवी शक्तिको उपज मान्नुको कारण वर्ग र राज्यसत्तालाई जड, स्थायी, अपरिवर्तनीय र परनिर्मित वस्तु मानिन्थ्यो । यसलाई माक्र्सले राज्यसम्बन्धी आदर्शवादी, सामन्तवादी र पुँजीवादी दृष्टिकोण भन्नुभयो । माक्र्स–एङ्गेल्सले वर्ग, वर्गसङ्घर्ष र राज्यसत्ता सन्दर्भमा गरेको यो अनुसन्धान वैज्ञानिक समाजवाद–साम्यवादको विजयलाई पुष्टि गर्ने बलियो आधार बन्यो । माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवाद अनिवार्य छ भनेर संश्लेषण गर्नुभन्दा पहिले आर्थिक उत्पादन, वर्गको उत्पत्ति, वर्गसङ्घर्ष, राज्यसत्ता र राजनीतिक सभ्यताको उत्पत्ति र विकासबारे केही महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गर्नुभयो । जसले समाजमा वर्ग, राज्यसत्ता, क्रान्तिको विकास कसरी भए र तिनको अन्त्य भएर वैज्ञानिक साम्यवाद कसरी उदाउनेछ भन्ने बोध गराउँदछन् । ती अनुसन्धान निम्न रहेका छन् ः १ . वर्गको उत्पत्ति, वर्गसङ्घर्ष र राज्य, २ . राज्यसत्ता र क्रान्ति, ३ . वैज्ञानिक समाजवादी सत्ता र सर्वहारावर्गको अधिनायकत्व, ४. राज्यसत्ताको अन्त्य र साम्यवादी विश्वको निर्माण आदी रहेको छ ।

माक्र्सवाद–लेनिनवादका तीन संघटक भागहरुमध्ये एक, जसले पूँजीवादी उन्मूलन गर्न र पहिले समाजवादको तथा त्यसपछि साम्यवादको निर्माण गर्नतिर लक्षित सामाजिक आ’न्दोलनहरुको अध्ययन गर्दछ । यो आन्दोलनको मुख्य प्रेरक शक्ति तथा नेता मजदूर वर्ग हो, जसले सम्पूर्ण उत्पी’डित र शो’षितहरुलाई आप्म्नो वरिपरि एकताबद्ध गर्दछ र जसलाई सम्पूर्ण प्रगतिशील मानवजातिको साहानुभूति प्राप्त हुन्छ, त्यसकारण वैज्ञानिक साम्यवादको मुख्य प्रश्न सर्वहारा वर्गको विश्व–ऐतिहासिक कार्यभारको प्रश्न हो । यो प्रस्थपनाको ठोस व्याख्या सर्वहारा समाजवादी क्रा’न्ति र सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तमा गरियो, जुन समाजवादी समाजको निर्माणका साधन हुन् ।

त्यसकारण वैज्ञानिक साम्यवादले मानिसद्वारा मानिसको शो’षणको उन्मूलन गर्ने तथा समाजको संगठनको एउटा यस्तो नयाँ रुपको निर्माण गर्ने कार्यको वास्तविक, विज्ञानमा आधारित मार्ग दर्शाउँदछ, जुन पूँजीवादका अन्तर्विरोधहरुबाट मु’क्त हुनेछ तथा जसको सपना काल्पनिक समाजवादका प्रतिपादकहरुले देख्दथे । माक्र्सवादी–लेनिनवादी विज्ञानको एउटा संघटक भागको रुपमा वैज्ञानिक साम्यवादले अन्य दुई संघटक भागहरुलाई – द्व’न्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दर्शन र राजनीतिक अर्थशास्त्रलाई – आफ्नो आधार बनाउँदछ । वर्गसं’घर्षको सिद्धान्त तथा अतिरिक्त मूल्यको सिद्धान्तको वैज्ञानिक साम्यवादको लागि विशेष महत्व छ । उता साम्यवादले चिन्तनको द्व’न्द्वात्मक विधिको विकास, ऐतिहासिक र सामाजिक नियमहरुको खोज, समाजको पुनर्गठनका व्यावहाकि समस्याहरुलाई सैद्धान्तिक चिन्तनको सामु प्रस्तुत गरेर वैज्ञानिक समाजवादको राजनीतिक अर्थशास्त्रसहित अर्थशास्त्रको थप विकासलाई उत्प्रेरित गर्दछ ।

विश्वदृष्टिकोण तथा राजनीतिक विचारधाराको रुपमा वैज्ञानिक साम्यवादले सर्वहारा वर्ग, अर्थात् त्यो वर्गका हितहरुलाई व्यक्त गर्दछ, जसमाथि समाजको क्रा’न्तिकारी पुनर्गठनको दायित्व हुन्छ । वैज्ञानिक साम्यवाद मुक्तिआ’न्दोलनसँग घनिष्ठ रुपले जोडिएको हुन्छ । यो केवल सर्वहाराको वर्गसं’घर्ष, समाजवादी क्रा’न्ति तथा सर्वहारा अधिनायकत्वको अनुभवको मात्र होइन, बरु व्यापक जनवादी आ’न्दोलनहरु, बुर्जुवा जनवादी तथा राष्ट्रिय मुक्ति क्रा’न्तिहरुको अनुभवको पनि सामान्यीकरण हो ।

(सुमन बाङदेल, नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य हुन ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्