Logo

खोटाङमा कोरोनाको हल्लाले जिल्लाबासी त्रसित


खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोना भाइरसको बिरामी भेटिएको हल्लाले जिल्लावासी त्रसित वनेका छन् । पाथेकामा केहि दिनअघिदेखि नै उक्त हल्ला फैलिएको स्थानीयवासीले बताएका छन् । हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय दिक्तेलमा आईतवार सर्वदलीय भेला समेत डाकिएको थियो । तर बिरामी भनिएका २१ बर्षिय शरणकुमार राईले भने आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । शरणकुमार गत फागुन–१४ गते चिनबाट नेपाल फर्कनुभएको थियो । धरानस्थित ह्वाइट हाउस क्याम्पसमा होटल व्यवस्थापन अध्ययन गर्नुभएका शरणकुमार छ महिनाअघि प्राक्टिकल (व्यवहारिक शिक्षा)का लागि चिन जानुभएको थियो ।

चिनको सान्यासिटीमा बसेर अध्ययन गर्दै आउनुभएका शरणकुमार एक वर्षका लागि त्यहाँ जानुभएको थियो । चिनबाट नेपाल फर्कनुअघि सोही ठाउँमा र नेपाल फर्किएलगत्तै विमानस्थलमा जाँच गर्दा कुनै समस्या नदेखिएपछि आफू घर आएको शरणकुमारले बताउनुभयो । हल्लावाट परिवारमा ठूलो तनाव सिर्जना गरेको शरणकुमारको भनाई छ । जिल्लाकै विभिन्न स्वास्थ्य चौकीमा काम गर्दै आएका शरणकुमारका तीन दिदीबहिनीले पनि भाईलाई अहिलेसम्म कुनै समस्या नरहेको भन्दै गाउँलेले नचाँहिदो हल्ला फैलाएको दाबी गरेका छन् ।

कोरोनाभाइरस रोग के हो ?कोरोनाभाइरस रोग (कोविड्-१९) एक संक्रामक रोग हो जुन एक नयाँ भाइरसले गर्दा भएको हो जुन मानवमा पहिले पहिचान गरिएको थिएन। भाइरसले श्वासप्रश्वासको रोग (फ्लू जस्तै) जस्तै खोकी, ज्वरो र अधिक गम्भीर स्थितिहरूमा निमोनियाको कारण हुने गर्दछ। तपाइँ आफैंले तपाइँको हात धुनुहोस् र तपाइँको अनुहार छोएर बेवास्ता गरेर आफूलाई सुरक्षित गर्न सक्नुहुन्छ। नयाँ कोरोनाभाइरस मुख्यतया संक्रमित व्यक्तिसँगको सम्पर्कको माध्यमबाट सर्छ जब उनीहरू खोकीमा वा छींकन्छन्, वा थोप्लो थोप्ने माध्यमबाट वा नाकबाट डिस्चार्ज हुन्छन्।  कोरोनाभाइरस रोग (कोविड्-१)) को बहाव नाक, घाँटी दुखाइ, खोकी, र ज्वरोजस्ता हल्का लक्षणहरूले देखाउँदछ। बिमारी केहि मानिसहरु लाई बढी गम्भीर हुन सक्छ र निमोनिया वा सास फेर्न कठिनाइ हुन सक्छ। अधिक विरलै, यो रोग घातक हुन सक्छ। पाको उमेरका व्यक्तिहरू, र अन्य चिकित्सा अवस्था भएका व्यक्तिहरू (जस्तै दम, मधुमेह, वा हृदय रोग), गम्भीर बिरामी हुने बढी जोखिममा हुन सक्छन्। यस भाइरसबाट मानिसहरू निम्न लक्षणहरुको अनुभव गर्न सक्छन्: नाक बाट पानी बग्नु, दुखेको घाँटी, खोकी, ज्वरो, सास फेर्न कठिनाइ (गम्भीर केस) आदी हुन ।

उनीहरुले आफ्नो परिवारमाथि नचाँहिदो हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । पाथेकामा चिनबाट फर्किएका शरणकुमारलाई आफन्तले घरको तलामाथि लुकाएर राखेको हल्ला छ । शरणकुमारलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल बोलाइएको प्रजिअ शर्मा पौडेलले बताउनुभयो ।

हामिले खोटाङका केहि मिडियाको सहयोगमा लेखेको थियौ । यो माथीको समचार पछी सच्याएको छ । जुन यस्तो रहेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोना भाइरसको बिरामी भेटिएको हल्लाले जिल्लासावी नतावग्रस्त बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पाथेकामा केहि दिनअघिदेखि नै उक्त हल्ला फैलिएको स्थानीयवासीले बताएका छन् । पाथेकामा फैलिएको हल्ला एकले अर्कोलाई सुनाउँदै जाँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पनि आइपुगेपछि आज (आइतबार) अपरान्ह जिल्ला प्रशासन कार्यालय खोटाङमा सर्वदलीय भेला समेत डाकियो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बोलाउनुभएको सर्वदलीय भेलामा सहभागी सबै तनावग्रस्त थिए । जब बिरामी भनिएका व्यक्तिलाई सम्पर्क गरेपछि उक्त हल्ला हल्ला मै मात्र सिमित बनेको छ । बिरामी भनिएका व्यक्तिले आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको प्रमुख जिल्ला अधिकारी शर्मा पौडेलले जानकारी दिनुभयो । बिरामी भनिएका व्यक्तिले गत फागुन–१४ गते चिनबाट नेपाल फर्किएका थिए । धरानस्थित ह्वाइट हाउस क्याम्पसमा होटल व्यवस्थापन अध्ययन गरेका उनी छ महिनाअघि प्राक्टिकल (व्यवहारिक शिक्षा)का लागि चिन गएका थिए ।

चिनमा कोरोना भाइरसको महामारी फैलिएपछि  उनलाई आफन्तले नेपाल फर्कन आग्रह गरेको बुझिएको छ । चिनको सान्यासिटीमा बसेर अध्ययन गर्दै आएका उनी एक वर्षका लागि त्यहाँ गएका थिए । चिनबाट नेपाल फर्कनुअघि सोही ठाउँमा र नेपाल फर्किएलगत्तै विमानस्थलमा जाँच गर्दा कुनै समस्या नदेखिएपछि आफू घर आएको उनले बताए । “चिनबाट घर आएपछि गाउँमा कोरोना भाइरस लिएर आयो भन्ने हल्ला फैलिएको रहेछ”, उनले भने, “अहिलेसम्म मलाई कुनै समस्या देखिएको छैन । परिवारलाई फोन गरेर दिग्दार लगाइरहेका रहेछन् । यसले परिवारमा ठूलो तनाव सिर्जना गरेको छ ।” चिनबाट फर्किएका उनलाई भोलि (सोमबार) स्वास्थ्य परीक्षणका लागि अस्पताल बोलाइएको प्रजिअ शर्मा पौडेलले बताउनुभयो । “फोनमार्फत कुरा गरेकै आधारमा संक्रमण भएनभएको विश्वास गर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “घरमै रहेका उनलाई भीडभाडमा नजान र सरसफाइमा ख्याल गर्न भनिएको छ ।” सर्वदलीय बैठकले संसारभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकामा स्वास्थ्य परीक्षण कक्ष स्थापना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “जिल्लाका प्रमुख नाका जयरामघाट र फोक्सिङटारमा हेल्पडेक्स स्थापना गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “हेल्पडेस्कका लागि आवश्यक सामग्री काठमाडौँबाट मगाइएको छ ।”

अस्पताल विकास समितिका संयोजक समेत रहनुभएका समन्वय समिति प्रमुख चाम्लिङले जिल्लामा अहिलेसम्म कुनै समस्या नदेखिएपनि सतर्क रहन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । सर्वदलीय सर्वपक्षीय भेलामा नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका डा. सैलेश श्रेष्ठ, प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्