Logo

कोरोना भाईरस खोप र अन्य औषधि परीक्षण गरियो


कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड-१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन्। सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन्। प्राय: रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि ४०० बिरामीमा परीक्षण गरिँदैछ। त्यस्तो परीक्षण न्यूयोर्कमा हुँदैछ। मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन्।

अन्य औषधि : स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेका छन्। उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड-१९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन्।उनी हरूले उक्त भाइरस सङ्क्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरेका छन्। ती बिरामीको संसर्गमा आएका झन्डै ३,००० मा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइनेछ। त्यो औषधि औलो रोग लागेका बिरामीलाई दिने गरिएको छ। त्यसले पनि कोरोनाभाइरसको फैलिने क्रम रोक्ने अपेक्षा गरिएको छ।

खोप परीक्षण : अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ । वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ। उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ हुँदैन। उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो। तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन। विज्ञहरूका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ। अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ। त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ।

‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’ कोरोनाभाइरस सङ्क्रमणको शङ्कामा अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको भन्दै मानिसहरूलाई त्यसरी नआत्तिन बरू त्यसबारे सचेत रहन चिकित्सकहरूले सुझाएका छन्। खासगरी कोरोनाभाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको चिकित्सकहरूको अनुभव छ। तर मार्चएप्रिल महिना मौसमी रुघाखोकी देखापर्ने भएकोले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा अस्पताल गइहाल्नु नपर्ने शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका चिकित्सक डा. शेरबहादुर पुनले बताए। “सामान्य रुघाखोकी लागेर पनि उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको छ। उपचारमा आउने सबैजसोले कोरोनाभाइरस पो हो कि भनेर सोध्छन्। हाम्रो देशमा सङ्क्रमित एकजना पनि छैनन्। यसरी आत्तिइहाल्नुपर्दैन,” पुनले बीबीसीसँग भने। पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा देखिएका बेला उक्त भाइरसलाई लिएर मानिसमा सन्त्रास फैलिएको देखिन्छ। तर नेपालमा सङ्क्रमित नदेखिएका बेला मानिसहरू सचेत हुनुपर्ने तर आत्तिनु नपर्ने डा । पुन बताउँछन्। “अहिलेको मौसम मौसमी रुघाखोकीको हो। यस्तो बेला रुघाखोकी लाग्नु स्वाभाविक हो। हामी कोरोनाभाइरस भनेर होइन कि विगतमा जस्तै स्वाइनफ्लु, हङकङफ्लु हुनसक्छ। त्यसबारे उपचार गर्ने हो,” डा. पुनले भने।

कोरोनाभाइरसको शङ्का कहिले गर्ने ?कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएको उनी बताउँछन्। तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने उनी बताउँछन्। “तर त्यसमा पनि पछिल्लो दुई सातामा कुनै पनि सङ्क्रमण देखापरेको देशबाट उक्त मानिस आएको छ वा ती देशबाट आएका मानिसको नजिक पुगेको छ भने मात्रै कोरोनाभाइरसको शङ्का गर्ने हो,” उनले भने। जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा । समीरमणि दीक्षित पनि मानिसहरू रुघाखोकी लाग्दैमा कोरोनाभाइरसको शङ्का गर्न नहुने बताउँछन्। “पछिल्लो समय खासगरी बच्चाहरूलाई रुघाखोकी लागेपछि आमाबुवा डराएको देखिन्छ। बच्चामा त कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा एकदमै कम हुन्छ,” दीक्षितले बीबीसीलाई भने। खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनी बताउँछन्।मौसम परिवर्तन भएसँगै पनि कतिपय मानिसले कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेको हो कि ठान्ने गरेको बताइन्छ। तर डा । दीक्षित भन्छन्, “पानी पर्‍यो वा मौसम चिसो भयो भनेर डराउनु पर्दैन। चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।”

कोरोनाभाइरस रोग के हो ?कोरोनाभाइरस रोग (कोविड्-१९) एक संक्रामक रोग हो जुन एक नयाँ भाइरसले गर्दा भएको हो जुन मानवमा पहिले पहिचान गरिएको थिएन। भाइरसले श्वासप्रश्वासको रोग (फ्लू जस्तै) जस्तै खोकी, ज्वरो र अधिक गम्भीर स्थितिहरूमा निमोनियाको कारण हुने गर्दछ। तपाइँ आफैंले तपाइँको हात धुनुहोस् र तपाइँको अनुहार छोएर बेवास्ता गरेर आफूलाई सुरक्षित गर्न सक्नुहुन्छ। नयाँ कोरोनाभाइरस मुख्यतया संक्रमित व्यक्तिसँगको सम्पर्कको माध्यमबाट सर्छ जब उनीहरू खोकीमा वा छींकन्छन्, वा थोप्लो थोप्ने माध्यमबाट वा नाकबाट डिस्चार्ज हुन्छन्।  कोरोनाभाइरस रोग (कोविड्-१)) को बहाव नाक, घाँटी दुखाइ, खोकी, र ज्वरोजस्ता हल्का लक्षणहरूले देखाउँदछ। बिमारी केहि मानिसहरु लाई बढी गम्भीर हुन सक्छ र निमोनिया वा सास फेर्न कठिनाइ हुन सक्छ। अधिक विरलै, यो रोग घातक हुन सक्छ। पाको उमेरका व्यक्तिहरू, र अन्य चिकित्सा अवस्था भएका व्यक्तिहरू (जस्तै दम, मधुमेह, वा हृदय रोग), गम्भीर बिरामी हुने बढी जोखिममा हुन सक्छन्। यस भाइरसबाट मानिसहरू निम्न लक्षणहरुको अनुभव गर्न सक्छन्: नाक बाट पानी बग्नु, दुखेको घाँटी, खोकी, ज्वरो, सास फेर्न कठिनाइ (गम्भीर केस) आदी हुन ।

कोरोनाभाइरसबाट तीन युरोपेली मुलुकमा एकैदिन उच्च मृत्यु रेकर्ड : तीन युरोपेली मुलुक इटाली, स्पेन र फ्रान्समा एकैदिन कोरोनाभाइरसको संक्रमणबाट मर्नेको उच्च संख्या मापन भएको छ। इटालीमा एकैदिन ३६८ जनाले ज्यान गुमाउँदा, स्पेन र फ्रान्समा क्रमशः ९७ र २९ जनाको ज्यान गएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ भने स्पेनमा २८८ र फ्रान्समा १२० पुगेको छ। यसैगरी बेलायतमा एकै दिनमा कोरोनाभाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ। बेलायतमा एकैदिन यसबाट १४ जनाको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार स्विजरल्याण्ड संक्रमितको संख्या ८ सयबाट बढेर २४ घण्टामा २२ सय पुगेको छ। त्यहाँ हालसम्म १४ जनाको ज्यान गइसकेको छ। यस्तै संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ भने स्पेनमा यो संख्या ७ हजार ७ सय ५३ र फ्रान्समा ५ हजार ४ पुगेको छ। चीनपछि पछिल्लो समय कोरोनाभाइरसबाट युरोपेली मुलुकहरू आक्रान्त बनिरहेका छन्। यसको रोकथामका लागि उनीहरूले कडा उपायहरू अपनाइरहेका छन्। यसै अन्तरगत जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्जेम्वर्गसँगका आफ्ना सीमानाकाहरूमा थप कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको आफ्नो सीमा थप कडाइ गर्ने भएको छ। कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै हाल युरोपभरका विद्यालयहरू बन्द गरिएका छन्। यस्तै अष्ट्रियाले पाँच भन्दा बढी व्यक्तीहरूलाई एकसाथ जमघट गर्न रोक लगाएको छ। कोरोनाभाइरसको सम्बन्धी पछिल्लो विश्व विवरण अनुसार संसारभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ६ सय ८७ पुगेको छ जसमा आधा संख्या चीनको(८१,००३) को रहेको छ भने ६ हजार ६५ जनाको ज्यान गएको छ।

नेपालमा कोरोना भाईरसको सङ्कर्मण भेटिए पछि यस बाट बच्ने उपाय बारे छलफलहरु शुरु भएका छन्। स्वास्थ्य मन्त्रालयले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यर्थीलाई उक्त संक्रंमण भएको पुष्टी गरेको थियो। स्वास्थ्य मन्त्रालयले बिमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । सरकारले कोरोना भाईरस बारेको समाचार आएदेखि उक्त काम गरेको भए सायद संक्रमित विद्यार्थी बिमानस्थलमा नै चिनिन्थे र सिधै स्वास्थ्यकर्मीको निगरानीमा बस्थे। उनको सम्पर्कमा आएका सबै व्यक्तिहरु उक्त भाईरसको संभावित खतरामा पर्न सक्ने भएका छन्।चीनमा उक्त भाईरस देखिने बित्तिक्कै अमेरिका, हङकङ, जापान आदि देशहरुले आफ्नो बिमानस्थलमा सतर्कता शुरु गरिसकेका थिए। नेपाल सरकारले भ्रमण बर्ष मनाईरहँदा र चीनको बिदाको समय परेको बेलामा पनि सुरुवाती सतर्कता नअपनाउँदा देश भित्र उक्त भाईरस छिरेको छ। नेपाल छिरेको भाइरस नफैलियोस् र संक्रमित व्यक्ती एक मात्र रहुन् भन्ने कामना मात्र गर्न सकिन्छ । संक्रमित व्यक्तिबाट उनको परिवार र साथीहरुमा कोरोना नसरेको होस् भन्ने चाहाना सबैको छ। अब भाईरस आईसकेपछि के गरेको भए हुनेथ्यो भन्ने कुराको खासै अर्थ रहँदैन। अब के गर्ने भन्ने कुराको अर्थ मात्र रहन्छ। बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।” (बिबिसी लगायत अन एजेन्सीको सहयोगमा)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्