Logo

दैलेखमा लोप हुँदै गएका गिद्ध देखिए


गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् । जिल्लाका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ ।

पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।

विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ । गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ । दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो । आजसम्म गरिएका यी समग्र क्रियाकलापले गिद्ध संरक्षणमा आशाका किरण छाए पनि गिद्धहरु अझै पनि पूर्ण संकटमुक्त र सुरक्षित भईसकेका छैनन् ।

डाईक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, प्रयाप्त संरक्षण चेतनाको कमिका साथै अन्य पर्यावरणीय चुनौती हामीमाझ विद्यमान छन् । यिनै संरक्षण प्रयास र आगामी चुनौतिको बिच यहि भाद्र १९, अथार्त सेप्टेम्बर ५ को दिन सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस संसारभर मनाईदै छ ।  विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् । दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ । नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन् । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्