Logo

पदम कुँवरलाई तत्काल रिहा गर्न वाइसीएलको माग (विज्ञप्तीसहित)


काठमाडौ । नेकपा (माओवादी केन्द्र) को उत्तराधीकारवाला संगठन युवा कम्युनिष्ट लिग (वाइसिएल) ले आफ्नो संगठनका नेता पदम कुँवरलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । युवा कम्युनिष्ट लिगका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन ।

जारी गरिएको विज्ञप्तीमा वाइसिएलको प्रदेश तीनका इन्चार्ज समेत रहेका नेता कुँवरलाई प्रहरीले वानेश्वरबाट गत शनिबार गिरफ्तार गरेको जनाइएको छ । आफ्ना नेताको गिरफ्तारप्रति युवा कम्युनिष्ट लिगले घोर निन्दा तथा भत्र्सना गर्दै उनलाई तत्काल रिहा नगरेमा संगठनले जस्तोसुकै संघर्ष समेत गर्न बाँध्य हुने भन्दै सरकारलाई चेतावनी दिएको छ । नेता कुँवरलाई वानेश्वर प्रहरी वृतमा राखिएको वाइसिएलका केन्द्रीय सचिव समेत रहेका नेता कपिल सिजापतिले यस मिडियलाई बताएका छन ।

सिजापतिले आफ्नो संगठनले गिरफ्तार गरिएका नेता कुँवरलाई भेटेर उनको अवस्था र घटनाको विषयमा जानकारी लिएको बताएका छन् ।संघर्षको प्रकृयाबाट हुने क्षतीको जिम्मा वर्तमान ओली सरकार र गृहमन्त्री बादलले लिनुपर्ने समेत विज्ञप्तीमा जनाइएको छ । ‘फेरि कुँवरलाई गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाइएको विषयले सत्तारुढ दल र सरकारका मान्छेहरु जनतासँग त्रसित भइरहेको भान हुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आफैले बाँडेको सपना पुरा गर्न नसक्ने, भ्रष्टाचार र कमिसनमा रमाउने अनि जनताको सम्मानको अपेक्षा गर्नु मुर्खता बाहेक केही होइन । जनआक्रोशलाई दबाउन खोजे सत्ताको आडमा दबाउन खोजे त्यो आत्मघाती हुने कुरा स्मरण गराउन चाहन्छौ किनकि जनताले कहिल्यै हार्दैनन् ।’ गिरफ्तार परेका कुँवरले ७ बर्षअघि पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक कार्यक्रममा थप्पड हानेका थिए । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

 

 

मितिः २०७६ चैत्र ०३

विज्ञप्ती

वाइसिएल ३ नम्बर प्रदेश इन्चार्ज क. पदम कुँवरलाई तुरुन्त रिहा गर !

शहीद पुत्र रतन तिरुवाले प्रचण्डलाई जुत्ता हानेपछि ७ बर्षअघि तिनै प्रचण्डलाई गालामा थप्पड हान्ने क. पदम कुँवरमाथि प्रशासनिक निगरानी अनावश्यक रुपमा बढाइएको थियो । युवा कम्युनिष्ट लिग नेवाः ताम्सालिङ प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य क. पदमलाई नभन्दै चैत्र १ गते शनिवारका दिन वानेश्वरबाट बिनाकारण प्रहरी प्रशासनले गिरफ्तार गरेको घटनाप्रति युवा कम्युनिष्ट लिग घोर निन्दा र भत्र्सना गर्दछ ।

प्रचण्डलाई थप्पड हानेको मुद्धा उतिबेला नै सल्टिसकेको मुद्धा हो । फेरी चैत्र १ गते गिरफ्तार गरी सार्वजनिक मुद्धा चलाइएको विषयले सत्ताँरुढ दल र सरकारका मान्छेहरु जनतासँग त्रसित भान हुन्छ । आफैले बाँडेका सपना पूरा गर्न नसक्ने, भ्रष्टाचार र कमिसनमा रमाउने अनि जनताको सम्मानको अपेक्षा गर्नु मुर्खता बाहेक केही होइन । जनआक्रोशलाई सम्बोधन नगरी सत्ताँको आँडमा दवाउन खोजे त्यो आत्मघाती हुने कुरा स्मरण गराउँन चाहन्छौं । किनकी जनताले कहिल्यै हार्दैनन् ।

अतः क. पदम कुँवरलाई स–सम्मान तुरुन्तै रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा वाइसिएल जस्तोसुकै संघर्षको लागि बाध्य हुनेछ । जसको सम्पूर्ण जिम्मेवारी खड्ग ओली सरकार र रामबहादुर प्रशासनले लिनुपर्ने छ ।

……
प्रकाश दुमी राई
कार्यवाहक अध्यक्ष

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्