Logo

देशको स्वाधिनता र जनताको सार्वभौमिकताको रक्षार्थ लागी हामी लड्छौ – गोपाल किराती


काठमाडौं । देशभक्त जनसंस्कृतिको पक्षमा हालै मेची–महाकाली पैदल सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र) ले मुलुकमा देशद्रोही अपराधीक घटनाहरु बढ्दै गएको भन्दै त्यसकालाई नरोकेमा अपराधीहरुलाई टुँडीखेलमा झुण्ड्याएर कारबाही गर्ने चेतावनी दिएको छ । २५ औ जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गतेबाट शुरु गरिएको देशभक्त जनसाँस्कृतिक अभियान अन्तर्गत मेची–महाकाली पैदल यात्रा २७ औं दिनमा सम्पन्न गरेको विषयमा जानकारी दिन आज काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले त्यस्तो चेतावनी दिएका हुन । अध्यक्ष किराँतीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो ।’

माओवादी केन्द्रका अध्यक्ष किराँतीले भने–‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा पार्टीले निर्माण गर्ने देशभक्त जनसेनाले टुँडीखेलमा झुण्डयाएर कारबाही गर्छ ।’ देशको स्वाधिनता र जनताको सार्वभौमिकताको रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको भन्दै अध्यक्ष किराँतीले देशद्रोही अपराधीहरुलाई आफ्नो पार्टीले ठिक पार्ने बताए । उनले भनेका छन्–‘देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।’ ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउन उद्दत अमेरिकी साम्राज्यवाद र नेपाली भूमि हडप्ने भारतीय विस्तारवादीका विरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको समेत उनले बताए ।

महासचिव कर्णजीत बुढाथोकी: आन्तरिक तथा बाहृय हस्तक्षेप आफ्नो पार्टीलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी आम जनताको अपार माया र स्नेहका साथ अघि बढेका छौं । अहिलेको शासक वर्गले मुलुकमा फेरी द्वन्द्व र युद्ध चाहेकोजस्तो हर्कत गरिरहेको छ ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापा: उपरोक्त ऐतिहासिक अभियानमा सक्रिय सहयोग गर्ने मित्रहरु र शुभेच्क्षुक सबैमा आभार प्रकट गर्दै विभिन्नस्तरमा जारी देशभक्त जनसाँस्कृतिक अभियानद्वारा कठोर देशभक्त जनसँस्कति निर्माण आन्दोलनमा जुट्न नेपालीजनसमक्ष जोडदार आह्वान गरेका थिए । साथै, उक्त पार्टीले कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जाहेर गर्दै हात मिलाउने प्रचलन अन्त्य गरी पार्टी अभिवादनमा लालसलाम र सामाजिक शिष्टाचारमा नमस्ते/सेवारो/जोजोलपा अख्तियार गर्न पार्टीपंक्ति र समर्थक जनसामुदायमा हार्दिक आग्रह समेत गरेको छ । फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरिएको देशभक्त जनसाँस्कृतिक अभियानको २७ गते पश्चिमको महाकालीनगरमा समापन समापन गरिएको थियो । अभियान्ताहरुले करिब एक हजार ४० किलोमिटर पैदल यात्रा गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्