कुलुङ महिलाहरुलाई अल्लोको कपाडा बुनाई तालिम सम्पन्न

परम्परागत रुपमा रहेको कुलुङ समूदायहरुको सिप विकासलाई संरक्षण गर्न तथा युवा महिलाहरुमा समेत हस्तान्तरण गर्न उक्त तालिम संचालन गरिएको संयोजनकर्ता कला कुलुले बताउनु भयो । कुलुङ महिलाहरुलाई लक्षित गरि संचालन गरिएको तक्त तालिममा १० देखी १२ जना सहभागीता रहेको छ । उक्त तालिम कम्तिका ५० दिनको हुनेछ । तालिम आदिवासी जनजाति महिला युवा संजालले आयोजना गरेको हो ।
परम्परागत रुपमा अल्लो स्थानिय स्तरमा आफैले कुलुङ समूदायहरुले उत्पादन गर्दछन् । आफ्नै खेतवारीमा उत्पादन गरेर अल्लोको धागो निर्माण पनि आफै कुलुङ महिलाहरुले गर्दछन् ।हरेक क्षण समय कुलुङ महिला समूदायहरु अल्लोको धागो गोलो डल्ला बनाउन समयको सदुपयोग गरिरहेको पाइन्छ ।
भेटघाट, छलफल, वैठक, विवाह संस्कार, भोज, भतेर जुनसुकै क्रियाकलापहरु गर्दा समेत आफ्नो काम गरिरहेका हुन्छन् । अल्लोको कच्चा पदार्थ आफ्नो झोलामा, खल्तीमा बोकी राखेका हुन्छन् ।
नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघको केन्द्रिय अध्यक्ष चन्द्रसिंह कुलुङको अनुसार कुलुङ समूदायहरुको जन्मदा र मर्दा समेत अल्लो को नै प्रयोग अनिवार्य रुपमा सांस्कृतिक रुपमा प्रयोग गर्नु पर्दछ ।
तालिमले अल्लोको कपडा बुनाई तालिम प्रशिक्षित भएसँगै बजार व्यवस्थापन समेत गर्नेगरी तालिम संचालन गरिने आदिवासी जनजाति महिला युवा संजालको अध्यक्ष रिसा श्रेष्ठले बताउनु भयो ।