खोकना महोत्सवले सिकाएका पाठहरु

ललितपुर जिल्लाको मुख्य नेवार आदिवासी समूदायहरुको वस्ति रहेको खोकनामा हरेक वर्ष खोकना महोत्सव हुने गरेको पाइन्छ । खोकना नेवार समूदायहरुको वस्ति प्राज्ञ ऐतिहासिक काल देखी नै रहेको पाइन्छ । फलस्वरुप यहाँको साँस्कृतिक सम्पदाहरु, नेवार भाषा, भेषभुषा, बोलीचाली अझै परम्परागत रुपमा धनी रहेको मानिन्छ । हरेक वर्ष बनाइने महोत्सव जस्तै यसपटकको महोत्सवको पनि छुट्टै महत्व रहेको स्थानिय आदिवासी जनजाति महिला समूहका सदस्य जलिना महर्जनले बताइन ।
खोकनामा हुने महोत्सव अन्य महोत्सव जस्तो साजसज्जा, श्रृगार होइन, नेवार समूदायहरुमा भएको प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको प्रदर्शन, हरेक त्रिपाल टाँग्नको सटा आफ्नै घर आगनको प्रयोग, साथै विस्तृत रुपमा नेवार समूदायहरुको ऐतिहासिक साँस्कृतिक सम्पदाहरुको प्रदर्शन भएको पाइयो । यसले के सिकाउँछ भने महोत्सवमा आफ्नो पहिचानलाई संरक्षण गर्न युवाहरुमा हस्तान्तरण र रुपान्तरण गर्न सहयोग पुगेको पाइन्छ । नेपालमा पश्चिमेली सैलीको सिकाईसँगै खानाको परिकारहरु पनि विदेशी सैली तिर युवाहरु आर्कर्षित भइरहँदा खोकना महोत्सवमा भने नेवारी खानाहरु आफैले बनाएर विषेश अतिथिहरुको लागी आर्कषणको रुपमा तयार पारेर व्यवस्थापन समेत गरिएको थियो । उक्त महोत्सवमा आएका प्राय सबै सहभागीहरुले नेवारी खाना, परिकारहरु चाखेर मात्र फर्केको स्थानिय व्यवस्थापन समितिका सदस्य दिल महर्जनले बताए ।
जबसम्म राज्यले कुनै समूदायहरुको संस्कृति संरक्षण गर्दैन तबसम्म समूदायहरुले मात्र बचाएर राख्न सम्भव छैन । तर पनि खोकनाका समूदायहरुमा भएको संस्कृतिहरु राज्यले वेवास्ता गर्दा पनि समूदायहरु आफैले बचाइरहेकोले यसबाट ठुलो पाठ सिक्नु पर्ने अभियान्ता रिसाा श्रेष्ठ बताउँछिन् ।
आदिवासी जनजाति महिलाहरुको उजागरको लागी खोकना महोत्सवलाई आदिवासी जनजाति महिला संजालले समेत आवश्यक समन्वय र हौसला प्रदान गर्दै आदिवासी महिला समूह गठन गरेर आफ्नो अधिकारको लागी पहल गरिरहेको पनि अध्यक्ष श्रेष्ठले बताइन ।