कहाँ महान नेल्सन मण्डेला कहाँ नेपाली नेताहरु ?

–निनाम कुलुङ ‘मंगले’
भनिन्छ, सन् १९९८ मा नेल्सन मन्डेलाले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरु सबैले आआप्mनो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐतिहासिक र दुर्लभ दृष्यमध्ये एक थियो । त्यसअघि राष्ट्र संघको महासभामा कुनै राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दा यसरी उठेर ताली बजाएका थिएनन् । दक्षिण अफ्रिकाको इस्टर्न केपमा सन् १९१८ मा जन्मेका मन्डेलाले सानैमा गोराहरुको रंगभेदी शासन र कालाजाति माथिको अत्याचारको विरुद्ध लाग्ने अठोट गरे । फलतः उनी सन् १९४३ मा अफ्रिकी नेसनल कांग्रेसमा आवद्ध भएर अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । यसक्रममा मन्डेलाले २७ वर्ष लामो जेल जीवन बिताएका थिए । फलतः उनी विश्वकै मुक्ति आन्दोलनको पर्याय र आस्थाको केन्द्रविन्दू बन्न सके । हुन त प्यारो नाम ‘मादिवा’ पनि भएका नेल्सन मण्डेला २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भए पश्चात सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता गरे । निर्वाचनमा उनको दल एएनसीले दुई तिहाई बहुमत पाएको भए तापनि उनले सबै पक्षलाई समेटेर सरकार गठन गरे । आफूले शासन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जाति लगायत सम्पूर्ण अल्पसंख्यक माथि हुने विभेदको पूर्ण निषेध सहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवालहरु तथा अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरुको हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरे । अर्का गोरा विरोधी नोवेल शान्ति पुरस्कार विजेता डेस्मण्ड टुटुले भने झैं “गहिरो रुपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु” उनको सर्वाधिक महत्वपूर्ण देन हो ।
संघीयताको विषयमा मण्डेलाले भनेका थिए, “संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनु पर्दछ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।” उनले दक्षिण अफ्रिकाको कूल जनसंख्याको मुश्किलले ९% ओगट्ने अल्पसंख्यक गोरा जाति लगायत सम्पूर्ण अल्पसंख्यकहरु माथि कुनै किसिमको भेद्भाव गर्न नपाइने कडा मानव अधिकारहरुको ग्यारेण्टी सहित ११ स्थानीय भाषाहरुलाई राष्ट्रिय भाषाको रुपमा संविधानमा किटान गरे । तीन वटा प्रमुख शहरहरु प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटा राजधानीहरुमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्त अनुरुप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकै साथ अगाडि बढाए ।
गज्जबको कुरा, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे र सन् १९९९ को दोस्रो आम निर्वाचन पूर्व नै आफू पुनः राष्ट्रपति नहुने घोषणा गरे । सन् २००४ मा आएर सार्वजनिक जीवनबाटै सहज रुपमा सन्यास लिए ।
विडम्बनाको कुरा, हाम्रो देशका ठूला दल कॉठूला नेताहरुले भने आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी लगायत अल्पसंख्यक जाति र समुदायमाथि सदियौंदेखि थोपरिएका जातीय, धार्मिक, लिंगीय, क्षेत्रीय विभेद, शोषण, दमन, उत्पीडन र वहिष्करणको अन्त्य गरी उनीहरुका ऐतिहासिक पहिचानहरुको सम्मान एवं आइएलओ महासन्धि नं. १६९, यूएनड्रीप लगायतका अन्तरराष्ट्रिय महासन्धि र कानूनहरुले व्यवस्था गरेका प्रकृति–सम्मत अधिकारहरुको ग्यारेण्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नु पर्ने मागलाई स्वीकार गर्न नसकी विगत २४० वर्षदेखि लादिएको एक जाति, एक धर्म, एक भाषा र एक संस्कृतिको शासन सत्ताको निरन्तरताको लागि अनेक षड्यन्त्र गरेर संविधानसभाकै अवसान गराएको तथ्य घाम जतिकै छर्लङ्ग छ । यतिले नपुगेर उनीहरु पहिचानको सम्मान र अधिकारको रक्षार्थ आन्दोलनरत् जनतामाथि “धार्मिक, साम्प्रदायिक विद्वेष फैलाएको” भनी लाञ्छित गर्ने र बदनाम गर्ने तर्पल अग्रसर थिए/छन् । मण्डेलाको भनाइ थियो, “ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र त्यसको जिम्मेवारी सुम्पनु पर्दछ ।” उनी सन् १९९० मा रिहा भए पछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रील, १९९४ मा सम्पन्न आम निर्वाचन पछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरा, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे र सन् १९९९ को दोस्रो आम निर्वाचन पूर्व नै आफू पुनः राष्ट्रपति नहुने घोषणा गरे । सन् २००४ मा आएर सार्वजनिक जीवनबाटै सहज रुपमा सन्यास लिए । पद, प्रतिष्ठा र कुर्सीको लागि लुछाचुँडी गर्ने, आफ्नो दल नै फुटाउने र मृत्युशैøयामा छट्पटाइरहँदासम्म पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने हाम्रा ‘महान’ नेता, राजनेता र तिनका अनुयायीहरुले मण्डेलाको यति मात्र गुणको अनुसरण गरी दिए यो देशको आउँदो पुस्ताले उनीहरुको नाममा आफ्नो पुस्ताको नामाङ्कन गर्ने थिए, जसरी आजको दक्षिण अफ्रिकी पुस्तालाई मण्डेला जेनेरेशन भन्ने गरिन्छ ।
जब उनी सत्तामा आए, आफ्ना असंख्य काला समर्थक र सहयोद्धाहरुको आग्रहको वावजूद उनी र उनका सैकडौं सहयोद्धाहरुलाई निर्मम यातना दिने र हत्या गर्ने अल्पसंख्यक गोराहरुलाई समेत उनले कहिल्यै कुनै विभेद गरेनन् । सन् १९९४ को आम निर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट ४ जना सांसद मनोनीत गरे । आफ्ना पूर्ववर्ती गोरा का.वा. राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए र हिंशामा संलग्न इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथलेजीलाई गृहमन्त्री बनाए । धरै काला जातिको संहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरु कसैलाई कुनै भेद्भाव नगरी राम्रै ओहदा र सम्मान दिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धता सहितको समृद्ध राष्ट्र निर्माण भयो ।
दुःखको कुरा, नेपालको शिर्ष राजनीतिक नेतृत्व भने षड्यन्त्रमूलक रुपमा पहिलो संविधानसभाको अवसान गरिए पश्चात बृहत राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत आम राजनीतिक सहमति कायम गरी चालु राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजनीतिक दल, नागरिक समाज लगायतको मागलाई बेवास्ता गर्दै मुलुकका निर्णायक राजनीतिक शक्तिहरु समेतलाई पाखा लगाएर अन्तरिम संविधानको मनोमानीपूर्ण संशोधन गर्दै, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाउँदै नेपालको राजनीतिलाई थप जटिलता तर्फ धकेल्न उद्धत देखिन्छ । हुन त हाम्रा नेपाली नेताहरुको यस्तो प्रवृति, सोच र व्यवहार नेपाली समाजमा जरा गाडेर बसेको हिन्दूवादबाट निर्देशित भएकोले उनीहरु निषेधको राजनीति गर्न यति ज्यादा माहिर भएका होलान्, यस विषयमा थप अध्ययन गर्नु आवश्यक हुन सक्ला । तर जवसम्म उनीहरुले निषेधको राजनीति त्याग गर्न सक्दैनन्, तवसम्म न उनीहरु चैनको निद्रा सुत्न सक्लान्, न त नेपाली जनताले सुखानुभूति गर्न पाउलान् । उनले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन् जसले उनलाई जेलमुक्त गर्न र दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई अगाडि बढाउन आफ्नो अर्धाङ्गिनी र पार्टीको इमान्दार सिपाहीं भएर सबैभन्दा लामो समयसम्म उनको साथ दिएकी थिइन् । तर, जब एएनसीका समर्थकहरुबाट बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको भन्ने आरोप आयो, उनले बिन्नीसँग सन् १९९२ को अप्रील १३ को दिन सम्बन्ध विच्छेद गरेका थिए । तर, हाम्रो नेपाली नेताहरु नी ? …
हाम्रा देशका जनसकै दलका नेताहरुहरु पनि कार्यकर्ता मात्रै होइन जो कोही होस्, राम्रा होइन, हाम्रा खोज्दै हिँड्ने गरेका छन् । नेपालका सन्दर्भमा यस्ता धेरै उदाहरणहरु दिन सकिन्छ । तापनि तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा फसेपछि संसदमा खालि रहेको सभामखुमा को उम्मेदवार बनाउने ? भनी भएको पार्टीभित्रको आन्तरिक हानथापमा हालै (नेकपा) ले आप्mनो दलको तर्पmबाट सभामुखमा उम्मेदवार चयन गरिएका कमरेड अग्नि सापकोटा प्रकरणले पछिल्लो उदाहरण दिएको छ । जबकि समावेशीको हिसावले तत्कालीन उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङफेलाई नै सभामखुमा चयन गर्न वा भनौं उम्मेदवार बनाउन सक्थ्यो । तर, नेपालमा अरु (विशेषतः आदिवासी जनजाति) लाई जातीय र साम्प्रदायीक भएको आरोप लगाउने वर्ग र जात समूहका मान्छेहरु नै साम्प्रदायीक र जातीय संकीर्णतामा रमेका छन् भन्ने त यसै उदाहरणबाट पनि देखिन्छ ।