नेपालमा कोरोनाको समस्या भए चिनले पूरा सहयोग गर्छ-चिनियाँ राजदूत होउ यान्छी

काठमाडौँ । नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनाएको छ ।
कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताउनु भएको छ ।
त्यस्तै, उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वशतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो । भेटमा मन्त्री भट्टराईले कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेका जानकारी दिनुभयो ।
राजदूत यान्छीले कोरोना भाइरसबाट संक्रमित ८० हजार नौ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी भेटमा दिनुभएको बताइएको छ ।