काठमाण्डौ- रुपन्देहीस्थित नापी कार्यालयका नापी अधिकृतसहित चार कर्मचारी र दुई मतियार १७ लाख घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाटका लागि घुस लिंदा लिंदै उनीहरु शुक्रवार पक्राउ परेको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पक्राउ पर्नेमा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक नाथेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी,
लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याल रहेको अख्तियारले जनाएको छ । उनीहरुले जग्गा कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १७ लाख रुपैयाँ घुस लिएका थिए ।
उनीहरु सिद्धार्थ नगरपालिका १३ स्थित अशोका होटल नजिकबाट पक्राउ परेका हुन् ।