संगठनको नाममा विभाजनको विजारोपन गर्नु, युवामै काल निम्त्याउनु खोज्नु हो, अध्यक्ष राई
– सरिना राई
सुनसरी। समयक्रमसँगै किरात राई विद्यार्थी संगठनले उत्कर्षमा छलाङ मार्न बुर्कुसि मार्ने समय आएको वेला केही गलत मानसिकता र समाजमा आफुलाई मात्र नेतृत्व ठान्ने र आफु नहुँदा संगठन नै नभएको र सकिएको भान गराउने केही साथीहरुमा बेमौसमी जाँगर पलाएर सामाजिक संजालमाहरुमा नाटक मञ्चन गरिरहेको विषयलाई राम्ररी नियाल्दा युवा छँदै आफुलाई काल निम्याउन खोजेका छन् । जसले राई विद्यार्थी संगठनमा विभाजनको विजारोपनको नाटक भइरहेको किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राईल स्पष्ट पार्नु भयो । यसले समग्र किरात राईहरु, विद्यार्थी संगठन र राष्ट्रलाई समाज संगठनको गलत बाटो अलवम्बन गरेको पुष्टि हुन्छ । सुनसरी जिल्लाको सातौं सम्मेलनको अवसरमा उक्त भनाई अध्यक्ष राईले बताउनु भयो ।
आफ्नो पहिचानको साथ राष्ट्रिय स्तरमा सबै क्षेत्रहरु कला, गला, संस्कृति, नेतृत्व, प्रशासनमा राईहरुले आफ्नो अर्थपुर्ण सहभागीता स्थापित गर्दैछन । यो सफल हुनुमा राईहरुको सामाजिक संगठन किरात राई यायोक्खाको पनि महत्वपुर्ण भूमिका रहेको छ । भने यसलाई व्यवस्थापन गर्न र क्षमता सहितको युवाहरुलाई व्यवस्थापन गर्न किरात राई विद्यार्थी संघको स्थापना भएसँगै किरात राईहरुले सबै क्षेत्रमा छलाङ मार्न थालेकोमा पनि कुनै दुईमत छैन ।
विषय राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्दै निर्णायक तहमा आफु र समाजलाई स्थापित गर्ने समयमा सामाजिक संजालबाट गलत हंगामा मचाएर कुनै समुदाय र सोयमलाई फाइदा नहुने राईले जिकिर गर्नु भएको थियो । सम्मेलनमा किरात राई विद्यार्थी संघका पूर्व अध्यक्ष, यायोक्खा प्रतिनीधि, लेखक तथा वुद्धिजिवीहरु लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।