विदेशबाट नेपाल प्रवेश गर्ने सबैले क्वारेन्टाइन बस्नै पर्ने, अध्यागमन विभागद्वारा सूचना जारी

३० फागुन २०७६
काठमाण्डौ। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सतर्कता अपनाउन नेपाल सरकार अध्यागमन विभागले नेपाल प्रवेश गर्ने कुनै पनि देशको नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ।
नेपाल अध्यागमन विभागका अनुसार कुनै पनि विदेशी नागरिक नेपाल प्रवेश गर्दा अन अराइभल भिसा तत्कालका लागि रोकेको छ। नेपाल अध्यागमनका अनुसार पूर्वप्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अधिको “स्वाब” स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नु पर्ने छ।
अध्यागमनका अनुसार शनिवार देखि लागु हुने गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकले दुई हप्ता “सेल्फ क्वारेन्टाइन” बस्नु पर्ने विभागले जनाएको छ।
स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउदै नेपाल प्रवेश गर्ने एउटैमात्र त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल तोकेको छ। विभागले शुक्रवार लागु गरेको सूचना अनुसार शनिवार मध्यरातदेखि आगामी अप्रिल ३० तारीख सम्मका लागि लागू हुने विभागले जनाएको छ।