विद्यार्थीनेता राजदेशको अगुवाईमा पुस्तक हस्तान्तरण
खोटाङ -ग्रामिण सेवा समाज खोटाङको अध्यक्ष राजदेश राईको अगुवाईमा अजम्वरी पुस्तकलायवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता मावि विद्यालयलाई पुस्तक हस्तान्तरण गरेका छ । ग्रामिण सेवा समाज द्धारा २ सय थान पुस्तक विद्यालयलाई समाजका अध्यक्ष राईले हस्तान्तरण गरका हुन ।
त्रियुगा नगरपालिका–११ गाईघाटका पावल पान्थप्रेरित राईबाट पुस्तकहरु उपलब्ध गरिएको समाजका अध्यक्ष राईले जानकारी दिए । करिव ६० हजार बराबरको पुस्तक जनता माविका प्रधानाध्यापक पवन राईलाई समाजका अध्यक्ष राईल हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गरिएका पुस्तकहरुमा साहित्य, राजनीति, समसामयिक, सामान्यज्ञान, धार्मिक पुस्तक लगायत छन् । पुस्तकालयमा नयाँनयाँ पुस्तकहरु आएकाले विधार्थीको बृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । समाजले २०७४ सालमा सो विद्धालय र समाजको रोहवरमा सञ्चालन गर्नेगरी १ लाखको पुस्तक खरीद गरेर पुस्तकालय स्थापना गरेको थियो ।